News Portal

रेडियो सुन्नुहोस्

म्यादी प्रहरीको लिखित परीक्षार्थीहरुले भरियो खेलमैदान

तेजेन्द्र बि. एम.२०७८ चैत १९, प्यूठान
१५३५ पटक
२०७८ चैत १९, प्यूठान

आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि प्युठानमा म्यादी प्रहरीको आज लिखित परीक्षा भएको छ । गणतान्त्रिक खेल मैदान बिजुवार प्युठानमा बिहान ७ बजेदेखि लिखित परीक्षा दिनेहरुको भिड लागेको थियो । उनिहरुको भिडले खेलमैदान भरिएको थियो ।

परीक्षामा सहभागी हुन आएका धेरैको संख्यामा रहेका परीक्षार्थीहरुलाई व्यवस्थापन गर्दा तोकिएको समय भन्दा परीक्षा केहि समय ढिलो हुन गएको हो । बिहान ८ बजे देखि परीक्षा तोकिएता पनि ९ बजेबाट सुरु भएको थियो ।

म्यादी प्रहरी मंगलबारदेखि प्युठानको सदरमुकाम खलंगामा छनोट कार्य शुरु गरेको हो । प्युठानका लागि करिब १२ सय जना म्यादी प्रहरी माग गरिएको छ । जिल्लाभरका ३१ सय ७४ जनाले म्यादी प्रहरी भर्नामा आवेदन दिएका थिए । आवेदन दिएका ३ सय ८१ जना प्रारम्भिक स्वास्थ्य परिक्षण तथा तन्दुरुस्ती परिक्षामा सहभागी नभएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख सत्यनारायण थापाले जानकारी दिए ।

आवेदन दिएका मध्य २७ सय ७६ जनाले प्रारम्भिक स्वास्थ्य परिक्षण तथा तन्दुरुस्ती परिक्षा पास गरेर आज लिखित परिक्षामा समावेश भएका थिए । यो माग संख्याको अढाइ गुणा बढी होे ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...