News Portal

रेडियो सुन्नुहोस्

म्यादी प्रहरीको लिखित परीक्षार्थीहरुले भरियो खेलमैदान

तेजेन्द्र बि. एम.२०७८ चैत १९, प्यूठान
१५६५ पटक
२०७८ चैत १९, प्यूठान

आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि प्युठानमा म्यादी प्रहरीको आज लिखित परीक्षा भएको छ । गणतान्त्रिक खेल मैदान बिजुवार प्युठानमा बिहान ७ बजेदेखि लिखित परीक्षा दिनेहरुको भिड लागेको थियो । उनिहरुको भिडले खेलमैदान भरिएको थियो ।

परीक्षामा सहभागी हुन आएका धेरैको संख्यामा रहेका परीक्षार्थीहरुलाई व्यवस्थापन गर्दा तोकिएको समय भन्दा परीक्षा केहि समय ढिलो हुन गएको हो । बिहान ८ बजे देखि परीक्षा तोकिएता पनि ९ बजेबाट सुरु भएको थियो ।

म्यादी प्रहरी मंगलबारदेखि प्युठानको सदरमुकाम खलंगामा छनोट कार्य शुरु गरेको हो । प्युठानका लागि करिब १२ सय जना म्यादी प्रहरी माग गरिएको छ । जिल्लाभरका ३१ सय ७४ जनाले म्यादी प्रहरी भर्नामा आवेदन दिएका थिए । आवेदन दिएका ३ सय ८१ जना प्रारम्भिक स्वास्थ्य परिक्षण तथा तन्दुरुस्ती परिक्षामा सहभागी नभएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख सत्यनारायण थापाले जानकारी दिए ।

आवेदन दिएका मध्य २७ सय ७६ जनाले प्रारम्भिक स्वास्थ्य परिक्षण तथा तन्दुरुस्ती परिक्षा पास गरेर आज लिखित परिक्षामा समावेश भएका थिए । यो माग संख्याको अढाइ गुणा बढी होे ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...