News Portal

रेडियो सुन्नुहोस्

पवित्र ठाउँमा राजनीति, पठन-पाठनमा समस्या

बोम बहादुर परियार२०७८ चैत २१ प्यूठान
१६४२ पटक
२०७८ चैत २१ प्यूठान

मल्लरानी गाउँपालिका ३ मुनडाँडा स्थित जनकल्याण आधारभूत विद्यालय चौथिलगाउनेमा रिक्त रहेको कार्यालय सहयोगी पदपूर्ती गर्ने विषयमा विवाद हँुदा विद्यालयमा पठनपाठनमा असर परेको छ । गत कार्तीक २९ गते अन्तरबार्ता र प्रयोगात्मक परिक्षाबाट स्थानीय गोपाल खत्री छनौट भएका थिए । यसैमा प्राधानाध्यापक र विद्यालय व्यबस्थापन समिति सदस्यहरुबिच विवाद भएको थियो । नियूत्ति लिएपछि विद्यालयमा हाजिर लगाउन आउदा खत्रीलाई विद्यालयका प्राधानाध्यापक गिता पौडेलले हाजिर लगाउन दिएकी छैनन् ।

विद्यालयका प्राधानाध्यापकले रोजेको व्यक्ति छनौटमा नपर्दा हाजिर लगाउन नदिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष गोविन्द अधिकारीले आरोप लगाएका छन् । विवादकै बिचमा खत्रीलाई चैत्र ६ गते विद्यालय व्यवस्थापन समितिले नियूत्ति दिइएको थियो । यता विद्यालयका प्राधानाध्यापक गिता पौडेलले गाउँपालिकाबाट आदेश नआउँदासम्म गोपाल खत्रीलाई हाजिर लगाउन नदिने बताइकी छन् ।

लामो समयसम्म विद्यालयमा कार्यालय सहयोगी नहुँदा विद्यालयको दैनिक क्रियाकलापमा असहज भएको विद्यालयका शिक्षकहरुले गुनासो गरेका छन । बालबालिकाहरुले अध्ययन गर्ने स्थल नै फोहोरले भरिएको छ । विद्यालयको शौचालय फोहोर,समयमा घण्टी बजाउने मान्छे नहुनु, विद्यालय वरीपरिको बातावरण दुर्गन्दित रहेका कारण बालबालिकाहरु सोही वातावरणमा पठनपाठन गर्न बाध्य छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...