News Portal

रेडियो सुन्नुहोस्

पवित्र ठाउँमा राजनीति, पठन-पाठनमा समस्या

बोम बहादुर परियार२०७८ चैत २१ प्यूठान
१७१६ पटक
२०७८ चैत २१ प्यूठान

मल्लरानी गाउँपालिका ३ मुनडाँडा स्थित जनकल्याण आधारभूत विद्यालय चौथिलगाउनेमा रिक्त रहेको कार्यालय सहयोगी पदपूर्ती गर्ने विषयमा विवाद हँुदा विद्यालयमा पठनपाठनमा असर परेको छ । गत कार्तीक २९ गते अन्तरबार्ता र प्रयोगात्मक परिक्षाबाट स्थानीय गोपाल खत्री छनौट भएका थिए । यसैमा प्राधानाध्यापक र विद्यालय व्यबस्थापन समिति सदस्यहरुबिच विवाद भएको थियो । नियूत्ति लिएपछि विद्यालयमा हाजिर लगाउन आउदा खत्रीलाई विद्यालयका प्राधानाध्यापक गिता पौडेलले हाजिर लगाउन दिएकी छैनन् ।

विद्यालयका प्राधानाध्यापकले रोजेको व्यक्ति छनौटमा नपर्दा हाजिर लगाउन नदिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष गोविन्द अधिकारीले आरोप लगाएका छन् । विवादकै बिचमा खत्रीलाई चैत्र ६ गते विद्यालय व्यवस्थापन समितिले नियूत्ति दिइएको थियो । यता विद्यालयका प्राधानाध्यापक गिता पौडेलले गाउँपालिकाबाट आदेश नआउँदासम्म गोपाल खत्रीलाई हाजिर लगाउन नदिने बताइकी छन् ।

लामो समयसम्म विद्यालयमा कार्यालय सहयोगी नहुँदा विद्यालयको दैनिक क्रियाकलापमा असहज भएको विद्यालयका शिक्षकहरुले गुनासो गरेका छन । बालबालिकाहरुले अध्ययन गर्ने स्थल नै फोहोरले भरिएको छ । विद्यालयको शौचालय फोहोर,समयमा घण्टी बजाउने मान्छे नहुनु, विद्यालय वरीपरिको बातावरण दुर्गन्दित रहेका कारण बालबालिकाहरु सोही वातावरणमा पठनपाठन गर्न बाध्य छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...