प्यूठानमा सत्तारुढ गठबन्धन दलहरुबीच पद बाडफाडमा कुरा नमिलेपछि एक्लाएक्लै उम्मेदवार घोषणा गर्न थालेका छन् । गाउँगाउँमा निर्वाचनको अभियान तयारी तीव्र पार्नुपर्नेमा सत्तारुढ गठबन्धन दलहरु दिनहु प्यूठान नगरपालिका ४ स्थित जुम्रीको होटल आयुष्मामा बसेर चरण चरणमा बार्ता गरेपनि आईतबार सम्म सहमतिमा पुग्न सकेका छैनन् । तालमेल र भागबण्डा मिलाउन नसक्दा चरणबद्ध छलफल मात्रै भइरहेको नेपाली कांग्रेस प्यूठान क्षेत्रनम्बर २ का क्षेत्रिय सभापति रोज राणाले झुलेनी पोष्टलाई जानकारी दिए ।
जिल्लाका पालिका र वडा अनुसार उम्मेदवारीमा आआफ्नै दाबी भएकाले निष्कर्षमा पुग्न समस्या भएको उनले बताए । सबै पाँचै दलबीच संयुक्तरुपमा गठबन्धन गर्न समस्या भएपछि नेपाली कांग्रेसले राजमो संग गर्नेकी माओबादी केन्द्रसंग गठबन्धन गर्ने भन्ने बारे पनि छलफल भइरहको उनले बताए । यस अघि प्यूठानमा गठबन्धनका सबै दलहरु निर्वाचनमा संयुक्त गठबन्धन गरेर जाने कुराको छलफल सहमति नजिक पुगेको नेताहरूले दाबी गर्दै आएका थिए ।
जिल्लाका ९ स्थानीय तहमध्ये नौबहिनीमा माओबादी केन्द्र र नेपाली कांग्रेसबीच गठबन्धन हुने सहमति नजिक पुगेको स्रोतको दावि छ । यहाँ अघिल्लो २०७४ सालको स्थानीय तहको निर्वाचनमा समेत यी दुई दलबीच नै चुनावी गठबन्धन भएको थियो । माण्डबी गाउँपालिकामा माओबादी केन्द्रले सिंगलरुपमै आफ्ना उम्मेदवारको नाम सिफारीस गरेर सार्वजनिक गरिसकेको छ ।
यस अघि जितेका स्थानमा जस्ले जितेको छ उसैले प्रमुख पाउने र एमालेले जितेका स्थानमा भागबन्डा गर्ने भद्र सहमति गत चैत्र २८ गते भएको भन्दै गठबन्दधन दलहरुले बिज्ञप्ती सार्वजनिक गरेका थिए । निर्वाचन लड्ने चाहाना राखेका कार्यकर्ताको चर्को दवाबका कारण जिल्ला भरमै भागबन्डा गरेर तालमेल गर्न समस्या भएको गठबन्धनमा सहभागि एक नेताले जानकारी दिए । जिल्लाभरमै संयुक्तरुपमा तालमेल गरेर भागबन्डा गर्न प्राविधिक समस्या भएको भन्दै दलहरुले स्थानीय तहरुमै व्यापक छलफल गरि तालमेल गर्न कार्यकर्तालाइ निर्देशन गरेका छन् ।
प्यूठानमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल गर्ने गरी गठबन्धन गरेका थिए ।
गठबन्धनको हलो कहाँ अड्कियो ?
झुलेनी नेटवर्क२०७९,बैशाख ४ गते
२०७९,बैशाख ४ गतेबिजुवारमा ख्रीष्टमस शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न
प्यूठानमा ख्रीसमसको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । शनिवार प्यूठान नगरपालिका–४ बिजुवार स्थित...
नेपाली कांग्रेस प्यूठानको पालिका सम्मेलन सुरु
नेपाली कांग्रेस प्यूठानले जिल्लामा पालिका सम्मेलनहरु सुरु गरेको छ । शनिवार सरुमारानी गाउँपालिकाको बांगेशालबाट पालिका...
पत्रकार महासंघमा निर्वाचित झुलेनीकर्मिलाई बधाई ज्ञापन
झुलेनी युनाइटेड नेटवर्क प्रा.लि.मा आवद्घ भई नेपाल पत्रकार महासंघ, जिल्ला शाखा प्यूठानमा निर्वाचित पत्रकारहरुलाई बधाइ...
नौबहिनीमा दोस्रो अध्यक्ष कप सम्पन्न
नौबहिनीमा दोस्रो अध्यक्ष कप-२०८१ शनिवार सम्पन्न भएको छ । बिहिबार देखि शुरु भएको कप अन्तर्गत...
एनपीएलको उपाधि जनकपुरले जित्यो
जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेको छ ।...
- प्यूठानका बेगम नेपालीको ‘गाह्रो छ हो’ सिजन २ प्रसारण हुदै
- भित्रीकोट बजार इलाकाले महोत्सव लगाउने
- खाद्य अनुज्ञा पत्र नवीकरण गर्न सकस भएको उद्यमीकाे गुनासो
- प्रेस चौतारी प्यूठानद्धारा पत्रकार भेटघाट सम्पन्न
- उपनिर्वाचनले हामिलाई पनि शिक्षा दिएको छ: बराल
- आजको राशिफल: २०८१ मंसिर १८ मंगलवार
- एनपीएलमा आज दुई खेल : काठमाडौं गुर्खाज र चितवन राइनोज, जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै
- नेपाल-चीन पारस्परिक सहयोग सहमतिपत्रमा हस्ताक्षर
- आजको राशिफल: २०८१ मंसिर १९ बुधवार
- साइन रेसुङगा वैंक द्धारा बुकिडाडालाई डस्वीन उपहार