News Portal

रेडियो सुन्नुहोस्

निर्वाचन नजिकिएसँगै चुनावी प्रचार प्रसारमा व्यस्त

झुलेनी नेटवर्क२०७९ बैशाख १६, प्यूठान
१०४४ पटक
२०७९ बैशाख १६, प्यूठान

आसन्न स्थानिय तहको निर्वाचनको समय नजिकिए सँगै प्यूठानका सक्रिय राजनितीक दलहरुले चुनावी प्रसारप्रसारको कार्यक्रमलाई तिव्रता दिएका छन ।

नेकपा एमाले जिल्ला कमीटी प्यूठानले चुनावी प्रचारप्रसार घरदैलो कार्याक्रम अन्तर्गत आज प्यूठान नगरपालिका नेकपा एमाले निर्वाचन समितीले प्यूठान नगरपालिका वडा नं.९,१० मरन्ठानामा घरदैलो कार्यक्रम गरिरहेको छ । घरदैलो कार्यक्रम अन्तर्गत मतदाताहरु उत्साहजनक रुपमा सहभागी भएको नेकपा एमाले प्यूठानले जनाएको छ ।

राजनितिक दलहरुले आफ्नो पार्टीको जनपक्षिय कामहरु लिएर मतदातासँग मत मागिएको नेकपा एमाले प्यूठान नगरप्रमुखका उम्मेदवार विजय विराज विष्टले जानकारी दिए । त्यस्तै सत्ता गठवन्धनका पक्षहरुले पनि चुनावी प्रचार प्रसार अभियानलाई तिव्रता दिइएको छ । मतदातासँग गठवन्धनका उम्मेदवारलाई मत माग्दै घरदैलो कार्यक्रम गरिरहेको गठवन्धन तर्फका मेयर उम्मेदवार विष्णु योगीले जानकारी दिए । गठवन्धनको टाली आज चुनावी प्रचार प्रसार अभियान अन्तर्गत प्यूठान नगरपालिका वडा नं.२ मा घरदैलो अभियान चलाइरहेको योगीले बताए । निर्वाचन आचारसंहितालाई पालना गर्दै प्रसारमा अभियानलाई निरन्तरता दिएको उनले जानकारी दिए ।

प्यूठान नगरपालिकामा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चा तालमेल गरेर चुनावी प्रकियामा लागिपरेका छन भने,नेकपा एमाले एक्लै चुनाव लड्दै छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...