News Portal

रेडियो सुन्नुहोस्

निर्वाचन नजिकिएसँगै चुनावी प्रचार प्रसारमा व्यस्त

झुलेनी नेटवर्क२०७९ बैशाख १६, प्यूठान
११७३ पटक
२०७९ बैशाख १६, प्यूठान

आसन्न स्थानिय तहको निर्वाचनको समय नजिकिए सँगै प्यूठानका सक्रिय राजनितीक दलहरुले चुनावी प्रसारप्रसारको कार्यक्रमलाई तिव्रता दिएका छन ।

नेकपा एमाले जिल्ला कमीटी प्यूठानले चुनावी प्रचारप्रसार घरदैलो कार्याक्रम अन्तर्गत आज प्यूठान नगरपालिका नेकपा एमाले निर्वाचन समितीले प्यूठान नगरपालिका वडा नं.९,१० मरन्ठानामा घरदैलो कार्यक्रम गरिरहेको छ । घरदैलो कार्यक्रम अन्तर्गत मतदाताहरु उत्साहजनक रुपमा सहभागी भएको नेकपा एमाले प्यूठानले जनाएको छ ।

राजनितिक दलहरुले आफ्नो पार्टीको जनपक्षिय कामहरु लिएर मतदातासँग मत मागिएको नेकपा एमाले प्यूठान नगरप्रमुखका उम्मेदवार विजय विराज विष्टले जानकारी दिए । त्यस्तै सत्ता गठवन्धनका पक्षहरुले पनि चुनावी प्रचार प्रसार अभियानलाई तिव्रता दिइएको छ । मतदातासँग गठवन्धनका उम्मेदवारलाई मत माग्दै घरदैलो कार्यक्रम गरिरहेको गठवन्धन तर्फका मेयर उम्मेदवार विष्णु योगीले जानकारी दिए । गठवन्धनको टाली आज चुनावी प्रचार प्रसार अभियान अन्तर्गत प्यूठान नगरपालिका वडा नं.२ मा घरदैलो अभियान चलाइरहेको योगीले बताए । निर्वाचन आचारसंहितालाई पालना गर्दै प्रसारमा अभियानलाई निरन्तरता दिएको उनले जानकारी दिए ।

प्यूठान नगरपालिकामा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चा तालमेल गरेर चुनावी प्रकियामा लागिपरेका छन भने,नेकपा एमाले एक्लै चुनाव लड्दै छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...