News Portal

रेडियो सुन्नुहोस्

उपचाररत बालकलाई सहयोग

बोम बहादुर परियार२०७९ बैशाख १६, प्यूठान
१५८२ पटक
२०७९ बैशाख १६, प्यूठान

सिद्धार्थ सामाजिक विकास केन्द्र वाणगंगा ४ कपिलवस्तुले प्यूठान अस्पतालमा उपचाररत एक बालकलाई आर्थिक सहयोग गरेको छ । बाल संरक्षण र मनोसामाजिकको क्षेत्रमा काम गर्दै आएको उक्त संस्थाले प्यूठान माण्डवीका ६ वर्षिय बालक संजित मिजारलाई सहयोग गरेको छ । शुक्रबार अस्पतालमै पुगेर ५ हजार नगद उपचार र पोषण खर्चका लागि उपलब्ध गराएको मनोसामाजिक कर्ता जया पोख्रेलले बताइन । हिंसामा परेका १८ वर्ष भन्दा मुनिका बालबलिकालाई उक्त संस्थाले संरक्षण र सहयोग गर्दै आईरहेको पोख्रेलले बताइन ।

संस्थाले बालबालिकाको क्षेत्रमा सहयोगसंगै महत्वपूर्ण काम गरेको भन्दै अस्पतालका निमित्त प्रमुख खिम प्रसाद पार्धेले धन्यवाद समेत दिएका छन । स्वास्थ्य कार्यालय प्यूठान (किड्स नेपाल)को पहलमा संजितलाई गत बुधबार प्यूठान अस्पताल ल्याइएको थियो ।

प्यूठान अस्पतालका बालरोग विषेशज्ञ डा. सौरभ श्रेष्ठका अनुसार बालकलाई कुपोषिण र छातीमा संक्रमण भएको छ । बालकलाई केहिदिन अस्पतालमै भर्ना गरि उपचार गर्नुपर्ने भएको श्रेष्ठले बताए । बालककी आमाले पैसा नभएका कारण अस्पतालमा बस्न मानेकी थिइनन् । उनको आर्थिक अवस्था कमजोर भएका कारण निःशुल्क उपचार गरिएको थियो ।

बालकको स्वास्थ्य अवस्थामा सुधार हुदै गएको डा. श्रेष्ठले बताए । पौष्टिक आहारको कमि र खानपानको समस्याले कुपोषित भएको श्रेष्ठको भनाई छ ।
सिद्धार्थ सामाजिक विकास केन्द्रले बालकलाई आर्थिक रकम उपलब्ध गराएकोमा बालककी आमा हर्षित छिन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...