News Portal

रेडियो सुन्नुहोस्

उपचाररत बालकलाई सहयोग

बोम बहादुर परियार२०७९ बैशाख १६, प्यूठान
१४२७ पटक
२०७९ बैशाख १६, प्यूठान

सिद्धार्थ सामाजिक विकास केन्द्र वाणगंगा ४ कपिलवस्तुले प्यूठान अस्पतालमा उपचाररत एक बालकलाई आर्थिक सहयोग गरेको छ । बाल संरक्षण र मनोसामाजिकको क्षेत्रमा काम गर्दै आएको उक्त संस्थाले प्यूठान माण्डवीका ६ वर्षिय बालक संजित मिजारलाई सहयोग गरेको छ । शुक्रबार अस्पतालमै पुगेर ५ हजार नगद उपचार र पोषण खर्चका लागि उपलब्ध गराएको मनोसामाजिक कर्ता जया पोख्रेलले बताइन । हिंसामा परेका १८ वर्ष भन्दा मुनिका बालबलिकालाई उक्त संस्थाले संरक्षण र सहयोग गर्दै आईरहेको पोख्रेलले बताइन ।

संस्थाले बालबालिकाको क्षेत्रमा सहयोगसंगै महत्वपूर्ण काम गरेको भन्दै अस्पतालका निमित्त प्रमुख खिम प्रसाद पार्धेले धन्यवाद समेत दिएका छन । स्वास्थ्य कार्यालय प्यूठान (किड्स नेपाल)को पहलमा संजितलाई गत बुधबार प्यूठान अस्पताल ल्याइएको थियो ।

प्यूठान अस्पतालका बालरोग विषेशज्ञ डा. सौरभ श्रेष्ठका अनुसार बालकलाई कुपोषिण र छातीमा संक्रमण भएको छ । बालकलाई केहिदिन अस्पतालमै भर्ना गरि उपचार गर्नुपर्ने भएको श्रेष्ठले बताए । बालककी आमाले पैसा नभएका कारण अस्पतालमा बस्न मानेकी थिइनन् । उनको आर्थिक अवस्था कमजोर भएका कारण निःशुल्क उपचार गरिएको थियो ।

बालकको स्वास्थ्य अवस्थामा सुधार हुदै गएको डा. श्रेष्ठले बताए । पौष्टिक आहारको कमि र खानपानको समस्याले कुपोषित भएको श्रेष्ठको भनाई छ ।
सिद्धार्थ सामाजिक विकास केन्द्रले बालकलाई आर्थिक रकम उपलब्ध गराएकोमा बालककी आमा हर्षित छिन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...