News Portal

रेडियो सुन्नुहोस्

जिल्ला प्रशासन कार्यालय प्युठानबाट दिईने सेवा आज देखी चार दिन सम्मका लागि बन्द

झुलेनी नेटवर्क२०७९ वैशाख २६,सोमवार प्यूठान
११५६ पटक
२०७९ वैशाख २६,सोमवार प्यूठान

आज देखी चार दिन सम्मका लागि जिल्ला प्रशासन कार्यालय प्यूठानबाट दिईने सम्पूर्ण सेवा वन्द भएको छ ।

आसन्न वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि कार्यालयमा कार्यरत कर्मचारीहरु निर्वाचनका लागि खटिएकाले प्रशासनबाट प्रवाह गरिने सेवा आज सोमबार देखी ३० गतेसम्मका लागी वन्द गरिएको जिल्ला प्रशासन कार्यालय प्यूठानले जनाएको छ ।

प्रशासनले आईतबार एक सुचना जारी गर्दै प्रशासनबाट दिइने सेवा वन्द गरिएको जनाएको हो । प्रशासनका अनुसार कार्यालयबाट प्रदान गरिने अत्यावस्यक सेवा, शान्ती सुरक्षा, मुद्दा,थुनछेक आदेश बाहेकका सम्पुर्ण सेवा प्रवाह स्थगित गरिएको छ ।
त्यस्तै जिल्लाका स्थानिय तहबाट दिइने सेवा प्रवाह पनि वन्द गरिएको गाउँ तथा नगरपालिकाको कार्यालयले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...