News Portal

रेडियो सुन्नुहोस्

नेकपा राेल्पाकाे विराेध पर्दशनकाे चमत्कार

लाेकेन्द्र चन्दसाउन २६, राेल्पा
१३५५ पटक
साउन २६, राेल्पा

 

नेपाल कम्यनिष्ट पार्टी रोल्पाले जिल्ला सदरमुकाम लिवाङमा बिरोध सभा सम्पन्न गरेको छ । काठमाडौमा नेकपाका पार्टी प्रवत्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्ड पक्राउ गरेको बिरोधमा सभा सम्पन्न गरेको हो ।

हिजो घर्तिगाउमा नेकपाले कोण सभा सम्पन्न गर्ने क्रममा उसका नेता तथा कार्यकर्ता प्रहरीले प्रक्राउ गरेको थियो । आज लिवाङको सतताले स्थाई प्रहरी पोष्ट देखि सय मिटरको दुरीमा उसले बिरोध सभा गर्दा समेत प्रहरीले अत्तो पत्तो पाएको छैन । त्यसो त सभा सम्पन्न गरेको करि २ सय मिटर टाढा सिडिओ क्वाटर समेत रहेको छ, जुन आमन्ने सामन्ने देखिन्छ । उनिहरुले सभालाई सम्वोधन गरेकाे अावाज सिडिओले सुनेकाे र प्रहरी परिचालन गर्दै गर्दा उनिहरुले कार्यक्रम गरेर गई सकेको प्रहरी स्रोतले बताएको छ । उता घर्ति गाउँमा पक्राउ परेका नेकपाका २ जना र नेपाली काँग्रेसका १ जना कार्यतार्तालाई समेत हिजो नै छोडि सकिएको छ ।

सभालाई क्रान्तिकारी विद्यार्थि संगठनका जिल्ला अध्यक्ष शोभाराम राणाले सम्वोधन गर्नुभएको थियो भने संचालन विद्यार्थि नेता प्रदिप कवँरले गर्नुभएको थियो । विरोध सभामा सयौ नेता, कार्यकर्ता तथा सुभचिन्तकहरुको सहभागिता रहेको नेकपा रोल्पाले जनाएको छ । सभामा सक्रियताका साथ सहभागिता जनाउनु हुने न्याए प्रेमि बिद्यार्थि, शुभचिन्तक लगाएत अाम जनमासहरुमा नेकपाका जिल्ला सेक्रेटरी सन्तोष सुबेदीले धन्यवाद समेत व्यक्त गर्नु भएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...