News Portal

रेडियो सुन्नुहोस्

पुस्तक नहुँदा पठनपाठनमा सकस

झुलेनी नेटवर्क२०७९ जेठ १८, प्यूठान
११७८ पटक
२०७९ जेठ १८, प्यूठान

नयां शैक्षिक शत्र सुरु भएको यतिका दिन भइसक्दा समेत विद्यार्थीको हातहातमा पुस्तक नपुग्दा जिल्लाभरमै नियमित पठनपाठनमा समस्या भएको छ ।

नफेरिएका केहि कक्षाका पुस्तक जिल्लामा भित्रीए पनि फेरिएका नयाँ पुस्तक नभएकाले जिल्लाको पठनपाठनमा समस्या भएको शिक्षा विकास तथा समन्वय इकाई प्यूठानका प्रमुख शिव पण्डितले जानकारी दिए । जिल्लाको मल्लरानी, झिमरुक गाउँपालिका र प्यूठान नगरपालिका अन्तर्गतका विद्यालयहरुले केहि मात्रा पुस्तक खरिद गरेर विद्यार्थीलाई वितरण गर्न थालेको जानकारी दिए । नयाँ शैक्षिक शत्र सुरु भएसँगै जिल्लाका अधिकांश विद्यालयमा जेठको पहिलो साताबाट पठनपाठन सुरु गरेका थिए । तर, पर्याप्त पुस्तक नहुँदा पढाउन समस्या आएको शिक्षकहरूले समेत गुनासो गर्दै आएका छन्  ।

पछिल्लो २ वर्ष कोरोना महामारीका कारण शैक्षिक क्यालेन्डर खलबलिएको छ । यो वर्ष पनि ढिला सुरु भएको शैक्षिक सत्रमा विषयगत पुस्तक पर्याप्त उपलब्ध नहुँदा सिकाइमा प्रभाव पर्ने शिक्षकहरुको गुनासो छ । सरकारले कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यक्रम लागू गरेको छ । जिल्लामा आवश्यकमध्ये हालसम्म ३० प्रतिशत मात्र पुस्तक आइपुगेको पुस्तक व्यवसायीहरू बताउँछन् । प्यूठान जिल्लामा ३ सय ९८ सामुदायिक र ४६ संस्थागत विद्यालय छन् । यी विद्यालयहरुमा भन्डै ५९ हजार विद्यार्थी छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...