News Portal

रेडियो सुन्नुहोस्

पुस्तक नहुँदा पठनपाठनमा सकस

झुलेनी नेटवर्क२०७९ जेठ १८, प्यूठान
१०७८ पटक
२०७९ जेठ १८, प्यूठान

नयां शैक्षिक शत्र सुरु भएको यतिका दिन भइसक्दा समेत विद्यार्थीको हातहातमा पुस्तक नपुग्दा जिल्लाभरमै नियमित पठनपाठनमा समस्या भएको छ ।

नफेरिएका केहि कक्षाका पुस्तक जिल्लामा भित्रीए पनि फेरिएका नयाँ पुस्तक नभएकाले जिल्लाको पठनपाठनमा समस्या भएको शिक्षा विकास तथा समन्वय इकाई प्यूठानका प्रमुख शिव पण्डितले जानकारी दिए । जिल्लाको मल्लरानी, झिमरुक गाउँपालिका र प्यूठान नगरपालिका अन्तर्गतका विद्यालयहरुले केहि मात्रा पुस्तक खरिद गरेर विद्यार्थीलाई वितरण गर्न थालेको जानकारी दिए । नयाँ शैक्षिक शत्र सुरु भएसँगै जिल्लाका अधिकांश विद्यालयमा जेठको पहिलो साताबाट पठनपाठन सुरु गरेका थिए । तर, पर्याप्त पुस्तक नहुँदा पढाउन समस्या आएको शिक्षकहरूले समेत गुनासो गर्दै आएका छन्  ।

पछिल्लो २ वर्ष कोरोना महामारीका कारण शैक्षिक क्यालेन्डर खलबलिएको छ । यो वर्ष पनि ढिला सुरु भएको शैक्षिक सत्रमा विषयगत पुस्तक पर्याप्त उपलब्ध नहुँदा सिकाइमा प्रभाव पर्ने शिक्षकहरुको गुनासो छ । सरकारले कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यक्रम लागू गरेको छ । जिल्लामा आवश्यकमध्ये हालसम्म ३० प्रतिशत मात्र पुस्तक आइपुगेको पुस्तक व्यवसायीहरू बताउँछन् । प्यूठान जिल्लामा ३ सय ९८ सामुदायिक र ४६ संस्थागत विद्यालय छन् । यी विद्यालयहरुमा भन्डै ५९ हजार विद्यार्थी छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...