News Portal

रेडियो सुन्नुहोस्

विद्यालयको छाना मर्मत भएन : खुल्ला आकास मुनि पठनपाठन

झुलेनी नेटवर्क२०७९ जेठ २०, प्यूठान
८६३ पटक
२०७९ जेठ २०, प्यूठान

प्यूठान नगरपालिका–४, बाँजाबारी स्थित सरस्वती प्राथमिक विद्यालयको हाबाहुरीले छाना उडाएको झन्डै एक महिना भयो, अझै कतैबाट मर्मत भएको छैन् । विद्यार्थीहरु यो चर्को गर्मीमा खुल्ला आकास मुनि पठनपाठन गर्न बाध्य छन् । यसमा सरोकारवाला निकाएको ध्यान पुग्न सकेको छैन ।

प्यूठान नगरपालिकाको प्रशासकीय भवन नजिकैको विद्यालय भवनको नांगो छानाले सिंहदरबारको झल्को दिने नगरपालिकाको प्रशासकीय भवनमा बस्ने प्रतिनिधिहरुलाई गिज्याइरहेको छ । असार लाग्दै गर्दा अब मनसुनी वर्षा सुरुहुने समयमा विद्यालय मर्मत गर्न प्यूठान नगरपालिकाको अझै चासो देखिएको छैन । विद्यालयको अवस्थाकोबारे नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत, मेयर, उपमेयरलाई जानकारी गराएको विद्यालयका प्र.अ.ले जनाकारी दिएका छन् । तर, अझैसम्म मर्मतमा कसैको ध्यान पुगेको छैन ।

नगरपालिकामा वातावरण तथा विपद् व्ययवस्थापन शाखा छ । त्यसको पनि नजर गएको छैन । भविस्यका कर्णधार विद्यार्थीले पठनपाठन गर्ने पवित्रस्थल विद्यालयमा आपत्तकालिन रुपमा भएको क्षतिमा स्थानीय सरकारीको ध्यान पुगोस् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...