News Portal

रेडियो सुन्नुहोस्

विद्यालयको छाना मर्मत भएन : खुल्ला आकास मुनि पठनपाठन

झुलेनी नेटवर्क२०७९ जेठ २०, प्यूठान
८५३ पटक
२०७९ जेठ २०, प्यूठान

प्यूठान नगरपालिका–४, बाँजाबारी स्थित सरस्वती प्राथमिक विद्यालयको हाबाहुरीले छाना उडाएको झन्डै एक महिना भयो, अझै कतैबाट मर्मत भएको छैन् । विद्यार्थीहरु यो चर्को गर्मीमा खुल्ला आकास मुनि पठनपाठन गर्न बाध्य छन् । यसमा सरोकारवाला निकाएको ध्यान पुग्न सकेको छैन ।

प्यूठान नगरपालिकाको प्रशासकीय भवन नजिकैको विद्यालय भवनको नांगो छानाले सिंहदरबारको झल्को दिने नगरपालिकाको प्रशासकीय भवनमा बस्ने प्रतिनिधिहरुलाई गिज्याइरहेको छ । असार लाग्दै गर्दा अब मनसुनी वर्षा सुरुहुने समयमा विद्यालय मर्मत गर्न प्यूठान नगरपालिकाको अझै चासो देखिएको छैन । विद्यालयको अवस्थाकोबारे नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत, मेयर, उपमेयरलाई जानकारी गराएको विद्यालयका प्र.अ.ले जनाकारी दिएका छन् । तर, अझैसम्म मर्मतमा कसैको ध्यान पुगेको छैन ।

नगरपालिकामा वातावरण तथा विपद् व्ययवस्थापन शाखा छ । त्यसको पनि नजर गएको छैन । भविस्यका कर्णधार विद्यार्थीले पठनपाठन गर्ने पवित्रस्थल विद्यालयमा आपत्तकालिन रुपमा भएको क्षतिमा स्थानीय सरकारीको ध्यान पुगोस् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...