News Portal

रेडियो सुन्नुहोस्

कस्तो बनाउँदै छन् प्यूठानका स्थानीय तहहरुले बजेट ?

झुलेनी नेटवर्क२०७९ असार ०९, प्यूठान
१०५१ पटक
२०७९ असार ०९, प्यूठान

जिल्लाको सबैभन्दा बढी दुर्गम क्षेत्र मानिने गौंमुखी गाउँपालिकाले यस वर्ष पालिकाभित्रका किसानहरुले उत्पादन गरेको कृषि उपज पालिकाले खरिद गरिदिने नीति पारित गर्दै छ । यसले किसानलाई कृषि उपज उत्पादन गरेमा बजारको समस्या सहज हुने छ । यसको लागि अवश्यक बजेटको व्यवस्था गर्दै गरेको पालिकाले जनाएको छ ।
गाैमुखीका नवनिर्वाचित अध्यक्ष विष्णुकुमार गिरीले पालिकाको सबैभन्दा समस्या भनेको बेरोजगार भएकाले कृषि कर्मलाई जीवन निर्वाहमुखी नभएर व्यवसायिक बनाएर रोजगारी सिर्जना गर्ने आफूहरुको पहिलो लक्ष्य रहेको सुनाए । आगामी आ.व.को बजेट बनाउने तयारी गरिरहँदा उनले उपप्रमुख, वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायतको कर्मचारी टोलीलाई आफ्नो योजना सुनाएका छन् । यसमा सबै जनाको सहमति रहेको उनले बताए  । ‘बेरोजगार रहेकाहरुलाई शीपमूलक तालिम दिएर ज्याला निर्धारणगरि काममा लगाउने समेत योजना छ,’ उनले भने । गौमुखीले यस अघि पालिकाभरका खरले छाएका छानाहरु विस्थापित गर्ने लोकप्रिय योजना बनाएको थियो । गौंमुखीले अन्य योजनाहरुमा भने विगतको जस्तै बजेट ल्याउने तयारी गरेको छ ।

माण्डबी गाउँपालिकाले स्वास्थ्य, शिक्षा र खानेपानीलाई प्रमुख आधार बनाएर नीति तथा कार्यक्रम ल्याउने र बजेट बनाउने तयारी भएको पालिका अध्यक्ष नवराज अधिकारीले बताए । उनले पालिकाभरका जनताहरुको स्वास्थ्य विमा, लिप्ट खानेपानी आयोजनाहरुको विद्युत शुल्क तिरिदिने योजना पालिकाको बनाएको बताए । माण्डबीले पालिकाका जनतालाई निःशुल्क खानेपानी दिनेगरि नीति ल्याइएको बताए ।

‘भर्खरै निर्वाचित भएकाले धेरै अध्ययन गर्न पनि पाएनौं,’ उनले भने, ‘त्यसैले पनि खासै नयाँ विषय ल्याउन सक्ने अवस्था छैन ।’ उनले यस वर्ष अध्ययन, परामर्श गर्ने र आगामी आ.व. देखिको बजेटलाई नयाँ रूप दिने बताए ।

जिल्लामा सबैभन्दा धेरै बजेट आउने प्यूठान नगरपालिकाले यस वर्ष पनि विगत बर्षहरुका जस्तै बजेट ल्याउने तयारी गरेर वडाहरुलाई ३० लाखका दरले बजेटको सिलीङ पठाएको छ । नगरपालिकाले जिल्ला अस्पतालमा आउने बिरामीको दर्ता शुल्क निःशुल्क बनाउने प्रमुख बिष्णु योगी निर्वाचित भएपछि पहिलो निर्णय गराएका छन ।
दुर्गम गाउँपालिका मानिने अर्को गाउँपालिका नौबहिनी गाउँपालिका अध्यक्ष डिलबहादुर थापालाई आफ्नो पालिकाको सबै वडा जोड्ने सडक बाह्रै महिना चल्ने बनाउनुपर्ने दबाब छ । भोट माग्न जाँदा हरेकले पालिका जाने सडकको विषय उठाएका छन । जित्ने बित्तिकै उनले २० युनिट भन्दा कम विद्युत् खपत गर्नेहरुको विद्युत शुल्क तिरीदिने र असाहाय, बालबालिकाहरुलाई कक्षा १२ सम्म निःशुल्क पढाउने निर्णय गरेका थिए । बिग्रेको सडक नियमित बनाउन चुनौती उनीसँग छ । र्मिाणधिन प्रशासकीय भवन पूरा गर्नुपर्र्नेे, सडकको ट्रयाक खोल्ने र स्तरोन्नतिमा माग धेरै आएकाले बजेट परम्परागत हुने सम्भावना रहेको उनले बताए ।

यस्तै मल्लरानी गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम बुधबार सार्वजनिक भइसकेको छ । पालिका अध्यक्ष कृष्ण खड्काले दोस्रो गाउँसभाको प्रथम अधिवेशनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि, शिक्षा, पर्यटन, सहकारी, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, लैगिक समानता, रोजगारी, सडक तथा पुल, उर्जा, फोहोरमैला व्यवस्पन जस्ता विषयलाई प्राथमिकतामा राखिएको छ । गाउँगाउँमा पुगेका सडकहरुलाई नियमित मर्मतसम्भार गर्ने, लेन्थ वर्करहरुको व्यबस्था गरेर सवारी साधनहरुलाई नियमति गर्ने, लिफ्ट खानेपानीबाट निर्माण भएका खानेपानी आयोजनाहरुको बिद्युत् महशुल गाउँपालिकाले ५० प्रतिशत तिर्ने व्यबस्था गरेर खानेपानीको शुल्क घटाउने, पालिका भित्र सञ्चालन हुने विकास निर्माणका कार्यहरुमा रोजगारी सेवा केन्द्रमा सुचिकृत बेरोजगाहरुलाई रोजगारीको लागि प्राथमिकता दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

संघले जिल्लाका सबै स्थानीय तहलाई समानीकरण र अनुदान गरि बजेट दिने गरेको छ । संघ र प्रदेशको अनुदान तथा स्थानीय तहको आन्तरिक आम्दानीको स्रोतबाट स्थानीय तहरुले बजेट बनाउने गर्दछन् । प्यूठानका गौंमुखी, ऐरावती र सरुमारानी गाउँपालिका बाहेक सबै तिरका जनप्रतिनिधि नयाँ छन । जिल्लाका ९ स्थानीय तह मध्य कांग्रेस ३, माओबादी ३, एमाले २ र राजमो १ स्थानमा प्रमुख छन् । मल्लरानीले नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ भने अरु स्थानीय तहरुले पहिलो वर्ष भएकाले असार १० सम्म नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरेको जनाएका छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...