News Portal

रेडियो सुन्नुहोस्

बिजुवारको व्याडमिन्टन कभडहल अलपत्र

झुलेनी नेटवर्क२०७९ असार ०९, प्यूठान
९३१ पटक
२०७९ असार ०९, प्यूठान

प्यूठान नगरपालिका ४ बिजुवार खेलमैदान नजिकै निर्माणाधिन ब्याडमिन्टन कभडहल अलपत्र परेको छ । एक वर्ष पहिले संघीय सरकारबाट प्यूठान नगरपालिका मार्फत २० लाख रुपैयाँ आएर निर्माण थालिएको कभडहल अलपत्र परेको हो ।

कभडहल निर्माण गर्न स्थानीय २० जना खेलालडीले २०/२० हजार सहयोग संकलन गरेका थिए । माथिबाट आएको बजेट र स्थानीय खेलाडीले सहयोग संकलन गरेर भुई ढलान, छाना निर्माण कभडहल निर्माण समितिका अध्यक्ष खुमबहादुर गैरेले बताए । त्यपछि कतैबाट बजेट बिनियोजन नभएपछि भवन अलपत्र परेका हो ।

गत बैशाखकमा आएको हावाहुरीले कभडहलमा राखीएका फलामका पोलहरु बांगो बनाएर छानानै बंगाएको छ । कभडहल निर्माण पूरा गर्नको लागि लुम्बिनी प्रदेश सरकार, प्यूठान नगरपालिकामा बजेटको माग गरेपनि कतैबाट सम्बोधन नभएकाले कभडहल अलपत्र परेको कभडहल निर्माण समितिका सचिव मिनबहादुर कुवँरले बताए । उनले यसपालि पनि प्यूठान नगरपालिकामा बजेटको माग गरेको बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...