News Portal

रेडियो सुन्नुहोस्

बिजुवारको व्याडमिन्टन कभडहल अलपत्र

झुलेनी नेटवर्क२०७९ असार ०९, प्यूठान
८५४ पटक
२०७९ असार ०९, प्यूठान

प्यूठान नगरपालिका ४ बिजुवार खेलमैदान नजिकै निर्माणाधिन ब्याडमिन्टन कभडहल अलपत्र परेको छ । एक वर्ष पहिले संघीय सरकारबाट प्यूठान नगरपालिका मार्फत २० लाख रुपैयाँ आएर निर्माण थालिएको कभडहल अलपत्र परेको हो ।

कभडहल निर्माण गर्न स्थानीय २० जना खेलालडीले २०/२० हजार सहयोग संकलन गरेका थिए । माथिबाट आएको बजेट र स्थानीय खेलाडीले सहयोग संकलन गरेर भुई ढलान, छाना निर्माण कभडहल निर्माण समितिका अध्यक्ष खुमबहादुर गैरेले बताए । त्यपछि कतैबाट बजेट बिनियोजन नभएपछि भवन अलपत्र परेका हो ।

गत बैशाखकमा आएको हावाहुरीले कभडहलमा राखीएका फलामका पोलहरु बांगो बनाएर छानानै बंगाएको छ । कभडहल निर्माण पूरा गर्नको लागि लुम्बिनी प्रदेश सरकार, प्यूठान नगरपालिकामा बजेटको माग गरेपनि कतैबाट सम्बोधन नभएकाले कभडहल अलपत्र परेको कभडहल निर्माण समितिका सचिव मिनबहादुर कुवँरले बताए । उनले यसपालि पनि प्यूठान नगरपालिकामा बजेटको माग गरेको बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...