News Portal

रेडियो सुन्नुहोस्

स्थानिय उत्पादनलाई प्रोत्साहन दिन आचार्यको जोड

झुलेनी नेटवर्क२०७९ असार २०, प्यूठान
१०५४ पटक
२०७९ असार २०, प्यूठान

उद्यम विकास विज्ञ ईश्वरा आचार्यले स्थानिय उत्पादनलाई वृद्धि गर्दै प्रोत्साहन दिनुपर्ने बताएकी छन ।

जिल्लामा विगत १५ वर्ष भन्दा अगाडी देखी उद्यम विकासका क्षेत्रमा तालिम तथा प्रशिक्षण दिँदै आएकि आचार्यले घरेलु तथा साना उद्योग कार्यालय प्यूठानले होटेल आयुष्मा जुर्मीमा आयोजना गरेको उद्यमीलाई व्यावसायिक योजना तयारी तथा ऋण प्राप्ती प्रकृया सम्बन्धी एक दिने अभिमुखीकरण गोष्ठीमा यस्तो बताएकि हुन ।

प्यूठान जिल्लाको सन्दर्भमा हेर्दा स्थानिय स्रोतसाधनको प्रयोग गरि कृषकहरुले विभिन्न वस्तुहरु उत्पादन गरेता पनि त्यसको प्रयोजन जिल्ला बाहिर हुने बताइन् । उनले स्थानिय स्तरमा उत्पादित वस्तुहरुले जिल्लामा बजार पाउने हो भने त्यसबाट लाखौको आम्दानी हुने बताइन। त्यस्तै घरेलु तथा साना उद्योग कार्यालय प्यूठानका उद्योग अधिकृत खेमबहादुर थापाले उद्योग व्यवसाय दर्ता प्रकृया सम्बन्धी प्रस्तुतीकरण दिएका थिए ।

त्यस्तै उद्यमीलाई ऋण प्राप्ती प्रकृया सम्बन्धी प्रस्तुतीकरण नेपाल बैँक लिमिटेड विजुवार शाखाका प्रवन्धक निरज भटराईले दिएका हुन । उनले कृषकहरुले कर्जा लिने क्रममा आफुले के व्यवसाय गर्ने हो त्यसको पुर्णमात्रामा ज्ञान हासिल गरेर मात्र बैंकबाट कर्जा लिन आग्रह गरेका हुन। कृषकको सफलतामा बैंकको समेत सफलता हासिल हुने भएकाले कृषकले व्यावसायिक योजना मात्र नबनाई व्यावसायमा पुर्ण मात्रामा तालिम सिप हासिल गरेर मात्र बैँकबाट कर्जा लिएमा व्यवसायमा सफलता प्राप्त गर्ने बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...