News Portal

रेडियो सुन्नुहोस्

बेवारीसे शवको व्यवस्थापन नहुँदा समस्या

झुलेनी नेटवर्क२०७९ असार २१, प्यूठान
११७८ पटक
२०७९ असार २१, प्यूठान

बेवारीसे शवको समयमै व्यवस्थान नगर्दा दुर्गन्ध बढेको स्थानीयले गुनासो गरेका छन । एक साता पहिले प्रहरीले झिमरुक नदि किनारमा फेला पारेर प्यूठान नगरपालिका ४ बिजुवार स्थित पोष्टमाटम घरमा राखेको शवका कारण दुर्गन्ध बढेको स्थानीयको गुनासो छ ।

सडक छेउमै रहेको अव्यवस्थीत पोष्टमाटम घरमा शव रहेकाले समस्या भएको स्थानीय बिरेन्द्रकुमार श्रेष्ठले गुनासो गरे । विद्युत लाइन गएको समयमा शव गृहमा राखिएको फ्रिज बन्द हुने र त्यो समय वरिपरि बस्न नसकिने गरि शवको गन्ध आउने गरेको स्थानीय सत्यदेवि श्रेष्ठले बताइन ।

बिजुवार मित्रमणी चोक देखि सुनारटोल जाने सडक किनार स्थित बस्ती बिचमै शव गृह राखिएकाे कारण यहाँका स्थानीयले सधै यस्तै समस्या वेहोर्नु परिरहेको स्थानीय सूर्या श्रेष्ठले बताइन । बस्ती नजिकै रहेको शव गृह हटाउन स्थानीयले लामोसमय देखी माग गरेपनि सुनुवाइ नभएको बताए । शव ल्याएर सरोकारवाला निकायले व्यवस्थापन गर्न ढिलाइ गरेको साे स्थानीयवासीको गुनासो छ । यसरी बस्ती बिचमै रहेको शव गृहमा लामो समयसम्म बेवारीसे शव राख्न नहुने प्यूठान नगरपालिकाका निवर्तमान मेयर अर्जुनकुमार कक्षपतिले बताए । उनले स्थानीयको गुनासोबारे प्रहरीलाई जानकारी गराएको बताए । बेवारीसे शव व्यवस्थान गर्न ढिलाई भएको भन्ने गुनासो आएको जिल्ला प्रहरी प्रमुख डिएसपी सत्यनारायण थापाले बताए । उनले चाडै शवको व्यवस्थापन गरिने बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...