News Portal

रेडियो सुन्नुहोस्

लमही नगरपालिकाद्वारा सात हजार बढि फलफूलका बिरुवा बितरण

झुलेनी नेटवर्क२०७९ असार २४, दाङ
८४० पटक
२०७९ असार २४, दाङ

 

दाङको लमही नगरपालिका कृषि शाखाले ७ हजार बढि फलफूलका बिरुवा बितरण गरेको छ । कृषि शाखाले २ दिनको अवधीमा ७५ प्रतिशत विरूण विरूवा अनुदानमा बितरण गरेको कृषि शाखा प्रमुख गंगा चौधरीले जानकारी दिएकी छन् ।
शाखाको बार्षिक कार्यक्रम अन्तरगत कुल ७ हजार २५ वटा बिरुवा बितरण गरेको हो । नगरपालिका भित्रका सबै कृषकहरुलाई आँप, लिची, अनार, कागती जातका फलफूल बितरण गरिएको थियो ।
यस्तै गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमको आयोजनामा नयाँ लघु उद्यम महिला समुहहरुलाई प्रविधि हस्तान्तरण कार्यक्रम बिहीबार देखि लमहीमा सुरू भएको छ । संघिय सरकार ससर्त अनुदान मार्फत कुल ३ लाख २४ हजारको लगानीमा उक्त प्रविधि वितरण सुरु भएको हो ।
२०७८÷७९ सालको बजेटबाट सो कार्य सुरु भएको हो । जस अन्तर्गत महिला समुहहरुलाई सिलाई मेसिन, चप्पल बनाउने मेसिन, राइस मिल डिजिटल काँटा सहित थुप्रै मेसिनरी समानहरु बितरण गर्ने कार्य योजना रहेको छ । जुन नयाँ लघु उद्यम महिला समुहहरुलाई मात्रै बितरण गरिने  बताएको छ ।
लमही नगरपालिकाको वडा नम्बर १ देखि ९ सम्मका नयाँ लघु उद्यम ब्यबसाय संचालन गर्न खोज्ने समुहको परिचान गरेर बार्षिक कार्यक्रम अन्तगत उक्त प्रबिधिका मेसिनरी समानहरु बितरण गरिएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...