News Portal

रेडियो सुन्नुहोस्

लमही नगरपालिकाद्वारा सात हजार बढि फलफूलका बिरुवा बितरण

झुलेनी नेटवर्क२०७९ असार २४, दाङ
९४२ पटक
२०७९ असार २४, दाङ

 

दाङको लमही नगरपालिका कृषि शाखाले ७ हजार बढि फलफूलका बिरुवा बितरण गरेको छ । कृषि शाखाले २ दिनको अवधीमा ७५ प्रतिशत विरूण विरूवा अनुदानमा बितरण गरेको कृषि शाखा प्रमुख गंगा चौधरीले जानकारी दिएकी छन् ।
शाखाको बार्षिक कार्यक्रम अन्तरगत कुल ७ हजार २५ वटा बिरुवा बितरण गरेको हो । नगरपालिका भित्रका सबै कृषकहरुलाई आँप, लिची, अनार, कागती जातका फलफूल बितरण गरिएको थियो ।
यस्तै गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमको आयोजनामा नयाँ लघु उद्यम महिला समुहहरुलाई प्रविधि हस्तान्तरण कार्यक्रम बिहीबार देखि लमहीमा सुरू भएको छ । संघिय सरकार ससर्त अनुदान मार्फत कुल ३ लाख २४ हजारको लगानीमा उक्त प्रविधि वितरण सुरु भएको हो ।
२०७८÷७९ सालको बजेटबाट सो कार्य सुरु भएको हो । जस अन्तर्गत महिला समुहहरुलाई सिलाई मेसिन, चप्पल बनाउने मेसिन, राइस मिल डिजिटल काँटा सहित थुप्रै मेसिनरी समानहरु बितरण गर्ने कार्य योजना रहेको छ । जुन नयाँ लघु उद्यम महिला समुहहरुलाई मात्रै बितरण गरिने  बताएको छ ।
लमही नगरपालिकाको वडा नम्बर १ देखि ९ सम्मका नयाँ लघु उद्यम ब्यबसाय संचालन गर्न खोज्ने समुहको परिचान गरेर बार्षिक कार्यक्रम अन्तगत उक्त प्रबिधिका मेसिनरी समानहरु बितरण गरिएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...