


पछिल्लो समय दारी ग्याङ प्यूठान गरिब, दुखी र असहायको सहारा वन्न थालेको छ । सामाजिक काममा समेत सक्रिय भुमिका निर्वाह गर्दै आइरहेको दारी ग्याङ प्युठानका युवा व्यवसायी तथा समाजसेवी सागर पुलामीले आफ्नो जन्मदिनको अवसर पारी खाद्यान्न सहयोग गरेका छन । आर्थिक रुपमा विपन्न प्युठान नगरपालिका ३ रानीकोट निवासी कलि सुनारका घरमा गई ३ हजार ५ सय बराबरको खाद्यान्न सहयोग गरेका छन ।
कलि सुनारको श्रीमानको मृत्यू भएको १३ वर्ष भयो । उनको तिन छोरी र जन्मजातै शारिरीक रुपमा पूर्ण अशक्त भएका १४ बर्षिय छोरा छन् । उनले दैनिक मजदुर गरेर ती छोराछोरीको पालनपोषण गरिरहेकी छन ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

