News Portal

रेडियो सुन्नुहोस्

एकतर्फी माया मेरो स्कुले जीवनको

गिर बहादुर के.सी.२०७९ श्रावण ११, प्यूठान
८९१ पटक
२०७९ श्रावण ११, प्यूठान

श्री बाल शिक्षा माध्यमिक विद्यालय ओखरकोट मच्छी प्युठानमा कक्षा नाै पास गरि दसमा अध्यान गर्दै थिएँ । त्यति बेला जताततै हाई–स्कुल नभएको हुनाले विद्यार्थीहरु लगभग नब्बे–सय जनाको हाराहारीमा थियाँै । एउटा कोठामा पढाउन अप्ठ्यारो भएको हुनाले सेक्सन छुट्टाएर पढाइ हुन्थ्यो । म सेक्सन ‘बि’मा परेको थिएँ । मेरो सेक्सनमा लगभग पचास जना विद्यार्थी थियौँ । जसमध्य ३० जना जति केटा अनि २० जना केटिहरु थियौँ । म लगाएत ५–६ जना पढाइमा कम्जोर भएका लफाङ्गाहरु सँधै पछिल्लो कुर्चिमा बसेर हल्ला गर्दै गुरुहरुले पढाएको ध्यान नदिने, अनि मसिना ढुङ्गा बटुलेर कहिले केटाको ढाड्मा हान्ने त कहिले केटिको ढाड्मा हान्दै जिस्काउने गथ्र्याैँ । लगभग दुई महिना भएको थियो दस कक्षा भर्ना भएर अध्ययन गर्न थालेको ।

अचानक एक दिन मेरो पल्लो पट्टि कुर्चिमा बसेकि एउटी सुशील केटिको सुन्दर मुहार माथी मेरो आँखा पुगेछ । तर त्यो केटिको ध्यान केबल पढाइ तिर थियो । अनि मैले पनि आफ्नो नजर त्यो केटीबाट हटाएर फेरि आफ्नै धुनमा साथिहरु सँग ब्यस्त भएँ । हुन त मैले अनि त्यो केटीले नौ कक्षामा अध्यान गर्दाबाट नै परिचय भएको थियो । कहिलेकाँही बाटोमा दुई चार कुराहरु पनि हामी बिच हुने गर्थे तर मैले त्यति वास्ता गरेको थिएन । साएद त्यतिबेला मेरो मनभित्र मायाको जाल सुरु भएको थिएन होला । तर त्यो दिनको हेराई पछी भोलिपल्ट पनि ती केटीमाथी मेरा आँखाको नजर पुगेछ । लगातार केही दिन उनको सुन्दर मुहारमा मेरो आँखाको नजर पुगेपछी सायद मेरो मनभित्र मायाको दियो बल्न थालेको अनुभव हुन थाल्यो । अनि कताकता मेरो मनको ढुकढुकी पनि तेज गतिमा अघि बढ्न थालेको रहेछ । सायद मैले दिन दिनै उनलाई हेरेको हेराई, केही दिन देखि मायामा परिवर्तन हुन पुगेछ । यो कुरा मलाई पनि थाहानै भएन । अनि मैले दिनदिनै उनलाई हेरेको कुरा उनलाई पनि थाहा थिएन । किन कि उनी केबल आफ्नो पढाइ तिर ध्यान दिने गर्थिन । सायद उनका पनि मनभरी सपना थिएहोला । लेख पढ गरेर आफ्नो खुट्टामा उभिने ।

स्कुल छुट्टी भएपछी लगभग आधा घन्टाको बाटोसम्म हामी कहिलेकाँही सँगसँगै हिड्ने गथ्र्यँौ । कहिलेकाँही दुई चार शब्द बोल्ने पनि गर्थ्यौ । उनी पनि मिलनसार स्वाभवकी थिइन । तर धेरै कुराहरु गर्न खोज्दा लजाउने बानी थियो । आधा घन्टाको हिडाइ पछी हामी छुटिने बाटो आउथ्यो तर मेरो मन भित्रको आवाज ले भने उनिसँग अझै आधा घन्टा हिँडेर मनका कुराहरु खोल्न सुझाब दिन्थ्यो । बाहिरी मन भने बोल्न डराउथ्यो । दिनहरु बित्दै जादा मेरो मनमा उनी प्रतिको एकतर्फी माया पनि झन्झन् गाढा हुन थालेको रहेछ ।

कति बेला स्कुल छुट्टी हुन्छ अनि उनी सँग भेटेर दुई शब्द भएपनी बोल्दै आफ्नो मन सित्तल बनाउ पाइन्छ भन्ने हुन थालेको थियो । अर्कोतर्फ मनले सपनीको घर बनाउन थालेको थियो । उनीसँग बिहे गरेर दुबै जना सँग–सँगै लेक बेसिका उकाली ओराली, भञ्ज्याङ् अनि चौतारी, हरियाली बन जङ्गल, पाखा अनि पोखरीहरुमा वसन्त र शिशिर ऋृतुसँगै बोटमाथि पलाएका कलिला पालुवाहरुको मन्द–मन्द हावाको गति । अनि त्यो रानीवन भित्र नाना थरीका चरीहरु आ–आफ्नो आवाजमा रमाइ रहेका । त्यो माथी एक्लो पन बोकेर बिरही भाकामा निहु निहु गर्दै कराइ रहेको त्यो न्याउली चरिको बेदना सुन्दै उनकै कोमल हात समाएर दुबैजना एक अर्कासँग मायाको संसारमा रमाउदै दिनभरी दाउरा घाँस काटेर बेलुकी पख अस्ताएको सुर्यका किरणहरुलाई बिदा गर्दै आफ्नै गाउँको त्यो सानो झुपडीमा पुगेर दुःख सुखका भारिहरु ।

उनकै न्यानो छहारीमा बिसाएर उनको त्यो लाली वोठ्हरुको बिचबाट निस्केको लजालु मीठो मुस्कान भित्र हराउदै दिन भरीको थकाइ अनि मन भित्रका रहरहरु भुलेर उनकै वरिपरि घुम्दै जिस्काउदै रुखो सुको भएपनि उनकै हातबाट पाकेको खाना सँगै बसेर हास्दै खादै गर्दा अमृत सरह हुन्थ्यो होला । इत्यादी नाना थरी सपनी बुन्दै रातको निद्रापनी उनकै यादमा हराई सकेको थियो । केबल मेरो मनभित्रको एकहोरो माया……. समयले कोल्टे फेर्दै गयो । मेरो मनले बुनेको त्यो सुनौलो सपनाको रहर पनि मनभित्रै सिमित हुन पुग्यो । नत मैले उनीसँग आफ्नो मनको कुरा नै खोल्न सकँे, नत आफ्नो शिक्षाको गन्तव्य नै पूरा गर्न सकेँ । यसरी धोका खाएको मेरो दुखी जीवन अहिले खाडीमा ५५ डिग्रीको घामसँग जुध्दै, पसिनाका थोपासँग भिज्दै, चोट र पिडाका खानीहरुसँग लड्दै आफ्नो परिवारको गुजरा चलाउन बाध्य भएको छु ।

हामी त्यो स्कुल ाट छुटेको पनि धेरै वर्ष बितिसक्यो अहिलेसम्म हाम्रो एक चोटि पनि भेट भएको छैन । आज सायद उनी पनि आफ्नो जीवन साथीसँग दुःख सुखमा रमाएर दिनहरु बिताएकी छिन वा समय र परिस्थिति सँग जुधेर बाच्न सफल भएकी छिन । यो कुरा या त भाग्य लेख्ने बिधातालाई थाहा होला । या उनैलाई थाहा होला ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...