News Portal

रेडियो सुन्नुहोस्

बाहानेमा संचालित निशुल्क स्वास्थ्य शिविरबाट ३सय८० जनाले सेवा लिए ।

झुलेनी पोष्ट२०७९साउन१५,प्यूठान
७९४ पटक
२०७९साउन१५,प्यूठान

शनिबार बाहानेमा संचालित निशुल्क स्वास्थ्य शिविरबाट ३सय८० जना सेवाग्राहीले सेवा लिएका छन ।

जिल्लाको नौबहिनी गाउँपालिका प्यूठानको आयोजनामा संचालित निशुल्क स्वास्थ्य शिविरबाट गाउँपालिका भित्रका ३सय ८० जनाले सेवा लिएका हुन् । शिविरमा आएका सेवाग्राहीलाई निशुल्क रुपमा स्वास्थ्य जाँच तथा निशुल्क औषधी वितरण सहित परामर्श दिइएको नौबहिनी गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

सोहि अवसरमा निशुल्क रुपमा ल्याव सेवा समेत दिइएको थियो । शिविरमा दन्त सेवा, महिलाको पाठेघरको समस्या, स्तन सम्बन्धी सेवा, खुट्टा दुख्ने सुन्निने, ढाड दुख्ने लगायतका समस्या भएका बिरामीलाई सेवा दिइएको नौबहिनी स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
शिविरमा डा. अनिल बस्नेत, फार्मेसिस्ट निर्मलबुढाथोकी, ल्याव टेक्निसियन प्रतिभा डाँगि, कमला डाँगि, दन्त चिकित्सक चुडामणि शर्मा, महिला सम्बन्धी समस्या कमला कुवर लगायतद्धारा सेवा दिइएको नौबहिनी स्वास्थ्य शाखाले जनाएको छ ।

शाखाका अनुसार १ सय ५० जनाले दन्त सेवा, ५० जनाको निशुल्क सुगर जाँच सहित अन्यलाइ स्वास्थ्य सेवा तथा परामर्श दिइएको थियो ।
नौबहिनी गाउँपालिका, समृद्धि सेवा समाज र लमजुङ गोर्खा तनहु सेवा समाजको आयोजना तथा नौबहिनी फार्मेसि एण्ड हेल्थ क्लिनिकको समन्वयमा निशुल्क शिविर संचालन गरीएको हो ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...