News Portal

रेडियो सुन्नुहोस्

बाग्दुला–बाहाने सडकको यात्रा कष्टकर

झुलेनी पोष्ट २०७९ साउन १८, प्यूठान
११५१ पटक
२०७९ साउन १८, प्यूठान

प्यूठान,

बाग्दुला–बाहाने सडकको यात्रा कष्टकर बन्दै गएको छ । बाग्दुला–बाहाने सडकको ट्रयाक खुलेको झण्डै एक दशक भन्दा बढी भइसक्यो । तर यस स्थानमा सडकको स्तरोन्नतका लागि सरोकारवाला निकायले ध्यान नदिदा सर्वसाधारणले सास्ती खेप्न बाध्य हुन् ।

बर्खायाम लागेसगँै खाल्डा खुल्डिले सडक खेतका गहरा जस्तै बनेका छन् । सडकको दुरी बाग्दुला देखि बाहाने सम्म १३ मिटर मात्र भएपनि यो दुरी पार गर्न घण्टौ लाग्ने गरेको छ ।

पैदल हिँड्न समेत ग्राहो हुने उक्त सडकमा गाडीमा सवार गर्दा समेत उत्तिकै सास्ती रहेको स्थानियले बताएका छन् ।

जिर्ण सडक, त्यसमाथि टिपरको आतङ्क !

नौबहिनी गाउँपालिका ८, लुप्लुङबाट चुनढुङ्गा खानीमा ओहोर दोहोर गर्ने ट्रिपरले बाटो बिगारेको कारण यो सडक झनै जोखिमपुर्ण बनेको हो ।

सरकारले खानी उत्खनन् मार्फत कर असुल्ने सडकमा प्रयाप्त बजेट बिनियोजन नगर्दा र टिपर हिड्ने बैकल्पिक बाटोको ब्यवस्था नगर्दा सडकको अवस्था झनै बिग्रीदै गएको हो । उक्त सडक हुदै दैनिक दर्जन बढी ट्रिपर ओहोर दोहोर गर्छन् ।

कच्ची सडक, नालीको राम्रो व्यवस्था नहुनु, खहरे खोला समेत सोही बाटो भएर बग्ने हुनाले बाटो सधै हिलाम्य हुने गरेको स्थानीयको गुनासो छ ।

चुनढुङ्गा खानी निस्कने ठाउँ अँधेरीदेखि बाहाने सम्मको हालत पनि उस्तै छ । सरकाले गाउँपालकाको केन्द्रसम्म पुग्ने सडक कालोपत्रे गर्ने भन्ने योजना बनाएको वर्षौ वित्या, तर उक्त निर्णय अझै कार्यन्वयनमा आएको छैन् ।

प्यूठान नगरपालिका र नौबहिनी गाउँपालिकाको क्षेत्रमा पर्ने यो सडकमा स्थानीय तहले सडक सुधार र मर्मतका लागि चासो नदिएको स्थानीयको गुनासो छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...