भारतको सिरसामा मुइ पार्ने क्रममा बिजुलीको करेन्ट लागेर अर्घाखाँचीका एक जनाको ज्यान गएको छ ।
जिल्लाको पाडेनी गाउँपालिका वार्ड न ३ देवल चौरका ५८ बर्षिय जीवन कुमालको मंगलबार बिहान करेन्ट लागेर मृत्यु भएको हो ।
कुमाल लामो समयदेखि भारतको हरियाणा राज्यको एक प्राइभेट कोठिमा काम गर्दै आएका थिए ।
मंगलबार डिउटीको समय मुइ पार्ने क्रममा एक्कासी मदानीबाट करेन्ट लागेर उनको घटनास्थलमै ज्यान गएको नगर समिती सिरसाका सचिव गोपाल सुनारले बताएका छ्न ।
घटनाभए लगत्तै सिरसा नगर समितीका सदस्यहरु घटनास्थल पुगेका थिए ।
कुमालका आफन्तहरु दुई छोरा र एक छोरी ज्वाइँ बुधवारनै नेपालबाट भारत पुगेका थिए । कुमालकाे शवलाइ पोस्टमार्टम गरी अाज नेपाल पठाइएकाे सचिव सुनारको भनाइ रहेको छ ।