News Portal

रेडियो सुन्नुहोस्

भारतको सिरसामा बिजुलीको करेन्ट लागेर अर्घाखाँचीका  कुमालकाे मृत्यु

दीपेन्द्र सुनार२०७९साउन १९, प्यूठान
८८९ पटक
२०७९साउन १९, प्यूठान

भारतको सिरसामा मुइ पार्ने क्रममा बिजुलीको करेन्ट लागेर अर्घाखाँचीका एक जनाको ज्यान गएको छ ।
जिल्लाको पाडेनी गाउँपालिका वार्ड न ३ देवल चौरका ५८ बर्षिय जीवन कुमालको मंगलबार बिहान करेन्ट लागेर मृत्यु भएको हो ।
कुमाल लामो समयदेखि भारतको हरियाणा राज्यको एक प्राइभेट कोठिमा काम गर्दै आएका थिए ।
मंगलबार डिउटीको समय मुइ पार्ने क्रममा एक्कासी मदानीबाट करेन्ट लागेर उनको घटनास्थलमै ज्यान गएको नगर समिती सिरसाका सचिव गोपाल सुनारले बताएका छ्न ।
घटनाभए लगत्तै सिरसा नगर समितीका सदस्यहरु घटनास्थल पुगेका  थिए ।
कुमालका आफन्तहरु दुई छोरा र एक छोरी ज्वाइँ बुधवारनै नेपालबाट भारत पुगेका थिए  । कुमालकाे शवलाइ   पोस्टमार्टम गरी  अाज नेपाल पठाइएकाे  सचिव सुनारको भनाइ रहेको छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...