News Portal

रेडियो सुन्नुहोस्

तिहारलाई लक्षित गरि करिब ६ हजार सयपत्री र मखमलीका वेर्ना रोपियो

झुलेनी पोष्ट२०७९ साउन २४, प्यूठान
१००२ पटक
२०७९ साउन २४, प्यूठान

तिहारलाइ लक्षित गरि प्यूठान नगरपालिका २ जुम्रीमा मखमली र सयपत्री फुल रोपीएको छ । सौन्दर्य पुष्प कृषि नर्सरी जुम्रीमा फुलको बेर्ना रोपिएको हो ।
जुर्मीमा दुई दिदि बहिनीले संयूक्त लगानीमा सौन्दर्य पुष्प कृषि नर्सरी सञ्चालन गरेका छन् । ४ रोपनी जग्गामा करिब ६ हजार फुलका वेर्ना रोपिएको नर्सरी संचालक राधा अधिकारीले बताईन् ।
प्यूठान नगरपालिका ४ की राधा अधिकारी र रेखा खत्रीले संयूक्त रुपमा व्यवसायिक पुष्प तथा तरकारी खेती गर्दै आइरहेका छन् ।
‘जिल्लामा फुलका वेर्ना उत्पादन नहुने भएपछि चितवनको एक नर्सरीबाट फुलका वेर्ना मागगरि विरुवा रोपेका हौ’, पुष्प व्यवसायि राधा अधिकारीले भनिन्,‘विगतका वर्षहरुमा राम्रो कमाइ भएपछि यस वर्ष समयमै फुल रोपेका छौ ।’ आफ्नै जिल्लामा केही नयाँ व्यवसायिक काम गर्नुपर्छ भन्ने उद्देश्यले पुष्प खेती सुरु गरेको उनले बताईन् ।
पुष्प तथा नर्सरी खेतीका लागि काठमाण्डौ स्थित गोदावरीमा १० दिनको तालिम लिएको उनले बताइन् । नर्सरीमा उनीहरुले अन्य दुई जनालाइ रोजगारी समेत प्रदान गरेका छन् । नर्सरीमा बाह्रैमास तरकारीका बेर्ना समेत उत्पादन गर्दै आएका छन् । पुष्प तथा तरकारी खेतीका लागि ८ रोपनी जग्गा भाडामा लिएका छन् ।
५ वर्षअघि घरेलु तथा साना उद्योग कार्यालय प्यूठानमा व्यवसाय दर्ता गरि प्यूठान नगरपालिका ४ की राधा अधिकारी र रेखा खत्रीले पुष्प तथा तरकारी खेति गर्न थालेका हुन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा विगतभन्दा धेरै बजेट आएको छः मन्त्री थापा

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले विगतभन्दा जिल्लामा धेरै बजेट आएको बताएका...

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...