News Portal

रेडियो सुन्नुहोस्

तिहारलाई लक्षित गरि करिब ६ हजार सयपत्री र मखमलीका वेर्ना रोपियो

झुलेनी पोष्ट२०७९ साउन २४, प्यूठान
१३५४ पटक
२०७९ साउन २४, प्यूठान

तिहारलाइ लक्षित गरि प्यूठान नगरपालिका २ जुम्रीमा मखमली र सयपत्री फुल रोपीएको छ । सौन्दर्य पुष्प कृषि नर्सरी जुम्रीमा फुलको बेर्ना रोपिएको हो ।
जुर्मीमा दुई दिदि बहिनीले संयूक्त लगानीमा सौन्दर्य पुष्प कृषि नर्सरी सञ्चालन गरेका छन् । ४ रोपनी जग्गामा करिब ६ हजार फुलका वेर्ना रोपिएको नर्सरी संचालक राधा अधिकारीले बताईन् ।
प्यूठान नगरपालिका ४ की राधा अधिकारी र रेखा खत्रीले संयूक्त रुपमा व्यवसायिक पुष्प तथा तरकारी खेती गर्दै आइरहेका छन् ।
‘जिल्लामा फुलका वेर्ना उत्पादन नहुने भएपछि चितवनको एक नर्सरीबाट फुलका वेर्ना मागगरि विरुवा रोपेका हौ’, पुष्प व्यवसायि राधा अधिकारीले भनिन्,‘विगतका वर्षहरुमा राम्रो कमाइ भएपछि यस वर्ष समयमै फुल रोपेका छौ ।’ आफ्नै जिल्लामा केही नयाँ व्यवसायिक काम गर्नुपर्छ भन्ने उद्देश्यले पुष्प खेती सुरु गरेको उनले बताईन् ।
पुष्प तथा नर्सरी खेतीका लागि काठमाण्डौ स्थित गोदावरीमा १० दिनको तालिम लिएको उनले बताइन् । नर्सरीमा उनीहरुले अन्य दुई जनालाइ रोजगारी समेत प्रदान गरेका छन् । नर्सरीमा बाह्रैमास तरकारीका बेर्ना समेत उत्पादन गर्दै आएका छन् । पुष्प तथा तरकारी खेतीका लागि ८ रोपनी जग्गा भाडामा लिएका छन् ।
५ वर्षअघि घरेलु तथा साना उद्योग कार्यालय प्यूठानमा व्यवसाय दर्ता गरि प्यूठान नगरपालिका ४ की राधा अधिकारी र रेखा खत्रीले पुष्प तथा तरकारी खेति गर्न थालेका हुन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...