नेपाल कम्युनिष्ट पार्टी एमाले प्यूठान नगर कमीटीले प्यूठान नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । नगरपालिकाले घरजग्गाकाे कर वृद्धि गरेको भन्दै कर घटाउनका लागि आईतबार प्यूठान नगरपालिकालाई ध्यानआकर्षण पत्र बुझाएको हो ।
भर्खरै निर्वाचित नयाँ जनप्रतिनिधीले जनतालाई राहत दिनुको सट्टा चर्को कर असुली गैर जिम्मेवार काम गरेको भन्दै कमिटीले नगरपालिकाको ध्यानाकर्षण गराएको नेकपा एमाले प्यूठानका अध्यक्ष विजय विराज विष्टले बताए ।
कमिटीले नगरपालिकाको उक्त निर्णय तत्काल सच्याउन आग्रह गरेको छ । यदि यस निर्णयप्रति नगरपालिका गम्भीर भएर नसोचेको खण्डमा नगरकमिटीले विरोधका कार्यक्रम गर्ने चेतावनी दिएको छ ।
पत्र बुझ्दै पालिकाको नगर सभाबाट पारित भएको घर जग्गाको कर मुल्याकंनका आधारमा बढाउने निर्णय गरेता पनि जनताको आवाश्यक्तालाई ध्यानमा राखि यो विषयलाई छलफलमा लैजाने नगरपालिका प्रवक्ता सुमन श्रेष्ठले बताए ।
ध्यानाकर्षण पत्र पुरा पढ्नुहाेस