News Portal

रेडियो सुन्नुहोस्

अझै सहज भएन किसानलाइ मल

झुलेनी पोष्ट २०७९ भदौ ३, प्यूठान
५६६ पटक
२०७९ भदौ ३, प्यूठान

खेतवारीमा खाद्यान तथा तरकारी उत्पादनका लागि आवश्यक पर्ने युरिया मल जहाँतही नपाईदा किसानले समस्या भोगिरहेका छन् । जिल्लामा मलको अभाव भएसगैँ एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्यूठानले स्थानीय तहको मातहतमा रहने गरि सहकारी संस्थाहरुलाई मल वितरण गर्ने जिम्मा दिदाँ पनि मल पाउन सहज भएको छैन् ।

प्रत्येक स्थानीय तहहरुले आफ्नो मातहतमा रहनेगरि सहकारी संस्थाहरुलाई मल वितरण गर्ने जिम्मा दिएसगँै सहकारी संस्थाहरुले किसानलाई नागरिकताकाको आधारमा मल वितरण गरिरहेका छन् ।

स्थाीनय तहहरुले भौगोलिक क्षेत्रको पहिचान नगरि मल वितरण गर्ने जिम्मा दिदाँ नागरिकले सास्ती भोग्नु परेको गुनासो गरेका छन् । ५÷७ किलो मल किन्नको लागि पालिकाले तोकेकै इजाजत प्राप्त सहकारीमा पुग्नु पर्ने हुदाँ नजिकका किसानहरु मर्कामा परेका हुन् ।

जनता सहकारी संस्था विजुवारले स्थानीय तहहरुले किसानलाई पाइभेग पर्ने सहकारी संस्थाबाट मल किन्ने व्यवस्था मिलाउनका लागि सम्बन्धीत निकायसगँ छलफल गर्ने तयारि भईरहेको जनाएको छ ।

सरकारी अनुदानबाट प्राप्त १सय५७ मेट्रिक टन युरिया मल मध्ये १सय४७ टन मल जिल्लामा आइपुगेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्यूठानले जनाएको छ ।

कार्यालयका अनुसार स्थानीय तहले भौगोलिक क्षेत्रको पहिचान नगरि मल वितरण गर्दा किसानले सास्ती भोग्नु परेपनि जिल्लामा अहिले मल प्राप्त मात्रामा रहेको छ ।

 

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...