News Portal

रेडियो सुन्नुहोस्

अझै सहज भएन किसानलाइ मल

झुलेनी पोष्ट २०७९ भदौ ३, प्यूठान
६१० पटक
२०७९ भदौ ३, प्यूठान

खेतवारीमा खाद्यान तथा तरकारी उत्पादनका लागि आवश्यक पर्ने युरिया मल जहाँतही नपाईदा किसानले समस्या भोगिरहेका छन् । जिल्लामा मलको अभाव भएसगैँ एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्यूठानले स्थानीय तहको मातहतमा रहने गरि सहकारी संस्थाहरुलाई मल वितरण गर्ने जिम्मा दिदाँ पनि मल पाउन सहज भएको छैन् ।

प्रत्येक स्थानीय तहहरुले आफ्नो मातहतमा रहनेगरि सहकारी संस्थाहरुलाई मल वितरण गर्ने जिम्मा दिएसगँै सहकारी संस्थाहरुले किसानलाई नागरिकताकाको आधारमा मल वितरण गरिरहेका छन् ।

स्थाीनय तहहरुले भौगोलिक क्षेत्रको पहिचान नगरि मल वितरण गर्ने जिम्मा दिदाँ नागरिकले सास्ती भोग्नु परेको गुनासो गरेका छन् । ५÷७ किलो मल किन्नको लागि पालिकाले तोकेकै इजाजत प्राप्त सहकारीमा पुग्नु पर्ने हुदाँ नजिकका किसानहरु मर्कामा परेका हुन् ।

जनता सहकारी संस्था विजुवारले स्थानीय तहहरुले किसानलाई पाइभेग पर्ने सहकारी संस्थाबाट मल किन्ने व्यवस्था मिलाउनका लागि सम्बन्धीत निकायसगँ छलफल गर्ने तयारि भईरहेको जनाएको छ ।

सरकारी अनुदानबाट प्राप्त १सय५७ मेट्रिक टन युरिया मल मध्ये १सय४७ टन मल जिल्लामा आइपुगेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्यूठानले जनाएको छ ।

कार्यालयका अनुसार स्थानीय तहले भौगोलिक क्षेत्रको पहिचान नगरि मल वितरण गर्दा किसानले सास्ती भोग्नु परेपनि जिल्लामा अहिले मल प्राप्त मात्रामा रहेको छ ।

 

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...