News Portal

रेडियो सुन्नुहोस्

जिल्लामा भाइरल ज्वरोका विरामी बढे

झुलेनी पोष्ट २०७९ भदौ ५, प्यूठान
९४१ पटक
२०७९ भदौ ५, प्यूठान

जिल्लामा अहिले भाइरल ज्वरोका बिरामीको संख्या ह्वातै बढेको छ । प्यूठान जिल्ला अस्पतालका निमित्त प्रमुख खिम पार्धेका अनुसार विगत केही दिन देखी भाइरल ज्वरोका विरामीको संख्या बढेको हो ।

उनका अनुसार अस्पतालमा दैनिक चेकजाचँ गराउन आएका बिरामीहरु मध्ये ५० प्रतिशत भन्दा धेरै ज्वरोका विरामी अस्पताल आउने गरेका र चेकजाचँ गर्दा अधिकाशं भाइरल ज्वरोका बिरामीहरु देखा परेका छन् ।

अस्पतालमा दैनिक १ सय जनाको हारहारीमा भाइरल ज्वरो देखा परेको छ । जिल्लाका अन्य निजी क्लिनिक तथा स्वास्थ्य संस्थाहरुमा पनि भाइरल ज्वरोका विरामीहरु बढेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

अत्याधिक गर्मी तथा मौसममा आएको परिर्वतनसगैँ संक्रमित व्यक्तिले खोक्दा वा हाच्छिउ गर्दा भाइरल ज्वरो छिटो मात्रामा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले शरीरमा उचित तापक्रम नमिल्दा इन्फेक्सनका कारण जिल्लामा भाइरल ज्वरोका बिरामीहरु बढेको अस्पतालका निमीत्त प्रमुख पार्धेको भनाई छ ।

 

यसबाट बच्नका लागि बिरामी तथा स्वस्थ व्यक्तिले अनिवार्य रुपमा मास्क लगाउने, बेलाबेलामा सावुन पानीले मिचिमिचि हात धुने, स्वस्थ खानपानमा विषेश ध्यान पुर्याउनुपर्छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...