News Portal

रेडियो सुन्नुहोस्

जिल्लामा भाइरल ज्वरोका विरामी बढे

झुलेनी पोष्ट २०७९ भदौ ५, प्यूठान
११३२ पटक
२०७९ भदौ ५, प्यूठान

जिल्लामा अहिले भाइरल ज्वरोका बिरामीको संख्या ह्वातै बढेको छ । प्यूठान जिल्ला अस्पतालका निमित्त प्रमुख खिम पार्धेका अनुसार विगत केही दिन देखी भाइरल ज्वरोका विरामीको संख्या बढेको हो ।

उनका अनुसार अस्पतालमा दैनिक चेकजाचँ गराउन आएका बिरामीहरु मध्ये ५० प्रतिशत भन्दा धेरै ज्वरोका विरामी अस्पताल आउने गरेका र चेकजाचँ गर्दा अधिकाशं भाइरल ज्वरोका बिरामीहरु देखा परेका छन् ।

अस्पतालमा दैनिक १ सय जनाको हारहारीमा भाइरल ज्वरो देखा परेको छ । जिल्लाका अन्य निजी क्लिनिक तथा स्वास्थ्य संस्थाहरुमा पनि भाइरल ज्वरोका विरामीहरु बढेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

अत्याधिक गर्मी तथा मौसममा आएको परिर्वतनसगैँ संक्रमित व्यक्तिले खोक्दा वा हाच्छिउ गर्दा भाइरल ज्वरो छिटो मात्रामा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले शरीरमा उचित तापक्रम नमिल्दा इन्फेक्सनका कारण जिल्लामा भाइरल ज्वरोका बिरामीहरु बढेको अस्पतालका निमीत्त प्रमुख पार्धेको भनाई छ ।

 

यसबाट बच्नका लागि बिरामी तथा स्वस्थ व्यक्तिले अनिवार्य रुपमा मास्क लगाउने, बेलाबेलामा सावुन पानीले मिचिमिचि हात धुने, स्वस्थ खानपानमा विषेश ध्यान पुर्याउनुपर्छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...