News Portal

रेडियो सुन्नुहोस्

जीवनको रङ्ग : हाँक हाल्ने काममै जीवन बिताए झगबहादुरले

सुजता थापा क्षेत्री (भण्डारी)२०७९ भदौ २१, प्यूठान
१०९९ पटक
२०७९ भदौ २१, प्यूठान

‘लौ है सबैले सुन्नुहोला……।’

जब गाउँतिर फर्केर उनले ठूलो स्वरमा हाँक हाल्न थाल्छन् । काम गर्दै गरेका गाउँलेहरु कान ठाडो पारेर ध्यान दिई सुन्छन् । उनले गाउँमा भएका र हुने घटना बारे चिच्याउँदै सुनाउँछन् । झगबहादुरले यो काम गर्न थालेको वर्षौ भइसकेको छ ।

कटुवालको कामलाई गाउँघरमा ‘हाँक हाल्ने’ भनेर पनि बुझिन्छ । अग्लो ठाउँबाट चर्को आवाज निकालेर खबर दिने व्यक्तिलाई गाउँमा कटुवालका नामले चिन्दछन् । उनी गाउँलेलाई सुचना दिने व्यक्ति अर्थात ‘कटुवाल’ हुन् । अहिलेको आधुनिक सञ्चारमाध्यम तथा प्रविधिको युगमा प्रवेश गरिसके पनि परम्परागत सञ्चारमाध्यमको स्रोत कटुवाल प्रथा कायमै छ । अझै पनि गाउँघरमा सार्वजनिक सूचना पाउने भरपर्दो माध्यमका रुपमा कटुवाललाई नै मान्दछन् । सुचना प्रविधिको माध्यमद्वारा सुचना दिने प्रचलन बढेपनि गाउँका बासिन्दालाई खबर गर्न अहिले पनि प्यूठानका थुप्रै ठाउँहरुमा कटुवालले नै हाक हालेरै खबर पुर्याउने गरेका छन् ।

नौबहिनी गाउँपालिका वडा नं ८ लुप्लुङका ५० वर्षिय झग बहादुर विक विगत २५ वर्षदेखि कटुवालको भूमिका निर्वाह गर्दै आइरहेका छन् । उनको परिवारले पुस्तौँदेखि कटुवालको काम गर्दै आइरहेको विकले सुनाए । बुबाको मृत्यूपछि उनका दाजु र भाइले कटुवालको काम गर्न मानेनन् । त्यसपछि उनले यो पेसा अंगालेको बताए । ५ भाई छोराहरु मध्ये साहिलो छोरा हुन् झगबहादुर । लुप्लुङमा सूचनाका अन्य माध्यमहरुको पनि पहुँच छ । ‘हाँक’ हाल्दा धेरै जनामा एकसाथ सूचना पुग्ने हुँदा गाउँमा यसको प्रभावकारिता धेरै देखिएको स्थानीय अगुवाहरु बताउँछन् ।

‘गाउँ भेला, सार्वजनिक कार्यक्रम, पूजाआजा लगायतका सूचना पुर्याउने काम हाँको हालेरै गर्ने गर्छु,’ उनले भने, ‘वर्षमा ४० देखि ४५ वटा सूचना भन्ने काम गर्नुपर्छ ।’ उनले एउटा सुचना गाउँको १० वटा स्थानबाट हाँको हालेर गाउँलेलाई सुचना प्रवाह गर्दै आइरहेका छन् । लुप्लुङ गाउँको माथिल्लो भेग देखि तल्लो भेगसम्म बुढीकट्टी, गरतिमला, घँगेरी रुख, चौतारा टोल, लाकुरी गैरा, मुख्य टोल, दमाइ टोल, ठाटी टोल, डाँडा टोल र साउ टोलसम्मै पुगेर उनले सूचना प्रवाह गर्ने गरेको झगबहादुरले बताए ।

‘यो पेसाबाट जीविकोपार्जनमा पनि केही टेवा त पुगेको छ,’ उनले भने, ‘सूचना वाहकको काम बापत गाउँका प्रत्येक घरबाट वार्षिक २ पाथी अन्न लिने गरेको छु ।’ कसैले अन्नको साटो वर्षको ३ सय रुपैयाँ दिन्छन । अन्न नहुनेले सोही बराबरको नगदसमेत दिने गरेको उनी बताउँछन् । तर, कटुवालको कामबाट आएको पारिश्रमिकले परिवारिक खर्च धान्न मुस्किल परेको उनले गुनासो पोखे । गाउँमा अन्नपात उठाउँन घरघरमै पुग्नु पर्दछ । बाली उठाउँन जादा साह्रो, बँदेलले बाली खाएको भन्दै पारिश्रमिक नदिने गरेको समेत विकले गुनासो गरे ।

कटुवालले पहिलेदेखि पत्रकारको भुमिका निर्वाह गरेको र कटुवाल प्रथा हाम्रो अमुल्य सम्पदा भएको हुनाले यस प्रथाको संरक्षणमा गर्न सम्बन्धीत स्थानीय सरकारले जोड दिनुपर्ने पत्रकार महासंघ जिल्ला शाखा प्यूठानका अध्यक्ष सञ्जय रिजालको भनाई छ । रिजालका अनुसार पछिल्लो समयमा कटुवाल प्रथा धरापमा परेको छ । कटुवाल प्रथा संरक्षणको लागि वडाले आगामी दिनहरुमा माइक तथा कटुवाल पोषाकको व्यवस्था गर्ने नौबहिनी– ८ का वडाध्यक्ष मानबहादुर केसीले बताए । यस वडामा ४ जना कटुवाल रहेको वडाअध्यक्ष केसीले बताए ।

 

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...