News Portal

रेडियो सुन्नुहोस्

शिक्षा पहिलो प्राथमिकतामा किन पर्दैन?

पुस्पलाल शाही२०७९ आश्विन ०७, प्यूठान
९९० पटक
२०७९ आश्विन ०७, प्यूठान

विषय प्रवेश :
हरेक राजनीतिकर्मी, अधिकारकर्मी, समाजसेवी, बौद्धिककर्मीले विकास र समृद्धिका कुरा गर्दा, भाषण गर्दा यसरी सुरु गर्छन् : शिक्षा, स्वास्थ्य, कृषिमा लगानी र सुधार गर्नु पर्छ, यहाँ सबभन्दा सुरूमा शिक्षा शब्द आयो हैन? अब काम गर्दा, योजना बनाउँदा बैठकको प्रस्तावको पुच्छारसम्म पनि शिक्षाको प्रस्ताब नभएको कसैले सम्झाई दिए पछि भनिन्छ, ओहो ! बिर्सिएछ । थपम् थपम् विविध शीर्षक राखेर भए पनि । शिक्षा क्षेत्र बिर्सिए पछि बनेका योजना कस्ता होलान र कार्यान्वयन कसरी होला ? कुरा गर्दा एक नम्बरमा काम गर्दा अन्तिम नम्बरमा आउने विषय शिक्षा हुनु हुँदैन । आज सम्मका सिद्धान्तबाट दुनियाका बारेमा व्याख्या गर्ने काम भयो, मूल कुरा दुनिया बदल्ने हो, भन्ने कुरा बिर्सनु बिडम्वना हो । कुन देशको शिक्षा प्रणाली कस्तो छ ? कुन देशको समृद्धिको यात्रा कसरी सुरु भई कसरी सफल भयो भन्ने ब्याख्याताले भनेजस्तै र लेखेजस्तै म पनि दुनियाँ बदल्ने शिक्षाको मूल कुरा त नभनौँ, मेरो कुरा राख्छु ।
हामी आफैतिर :
शिक्षाको स्तर कस्तो छ सर्वप्रथम हरेक मानिसले आफैलाई हेरे हुन्छ खुरुक्क गएर ऐनामा । तर तपाई आफैले आफैलाई गमेर सोच्ने क्षमता चाहिँ हुनु पर्छ है ! अनि आफ्नै बालबालिका, अनि आफ्ना बालबालिका पढ्ने विद्यालय, कलेज, विश्वविद्यालय आदि हेरम् । थाहै छ नि तपाईं अनि म सरकारी मान्छे, बच्चा निजी स्कुलमा पढ्छन् । सरकारी विद्यालयमा होइन र ? गाली गर्छौं नि फेरि सरकारी विद्यालयलाई । यती नगरे मजदुरले तिरेको करको हिसाब चुक्ता हुँदैन नि ! होइन र ? अनि हेरम् सरकारी विद्यालयका ५ जना शिक्षक बराबर ३ जना विद्यार्थी र कतै १३० जना विद्यार्थी बराबर एउटा कक्षा कोठा, एउटो शिक्षक । अनि हेरम त तपाई र म सरकारी मान्छे, आफ्नो काम कम विजयकुमारले भने जस्तो भगवान कोइरालालाई मुटु चिर्न सिकाउँछौं । रोनाल्डोलाई फुटबल खेल्न, एलेनमस्कलाई मंगल ग्रह जाने बाटो सिकाउँछौ र हर्क सामम्पाङलाई राजनीति गर्न ।
सबैले थाहा पाएको मेरो कुरा :
शिक्षा किन सुध्रिएन, देश समृद्ध किन भएन भन्ने प्रश्नको उत्तर खोज्न विद्यालय जानुपर्छ । पिएचडी होल्डरका थेसिस, एन्टी थेसिस र सिन थेसिस पछि पढ्म्ला । पहिले हरेक राजनीतिकर्मी, अधिकारकर्मी, समाजसेवी, बौद्धिककर्मी, अभिभावक विद्यालय जाम, भोलिको राजनीतिकर्मी, अधिकारकर्मी, समाजसेवी, बौद्धिककर्मी, अभिभावक, डाक्टर, इन्जिनियर बसेर पढ्ने बेन्च हल्लिएको छ । कम्तीमा किला ठोकम, टिनको छानोले पोल्छ, चुहिन्छ, ठूलोपानी पर्यो भने बाजा बज्छ र पढाएको सुनिदैन छानो फेरम् । अनि, बाँकी तल लेखेको छु :
सरकारको भूमिका :
अनिवार्य नं. १ ः सरकारी बजेट र भौतिक व्यवस्थापन
अन्तराष्ट्रिय अभ्यास, नेपालकै शिक्षा सम्बन्धि विभिन्न आयोग, समितिका अध्ययन तथा विज्ञका सुझाव अनुसार जिडिपिको कम्तीमा २०% बजेट शिक्षामा छुट्याउनै पर्ने सुझावलाई आधार नमनिकनै पनि लाटो कुराले बुझ्न सकिन्छ, विद्यालय गएर चर्को घाममा टिनमुनी गएर बसे हुन्छ, योजनाविद्ले सयभन्दाबढी विद्यार्थीलाई एउटै कक्षामा पढाएर ४ जिपिए ल्याएर देखाए हुन्छ । बजेट कम छ । कक्षा कोठा सबै प्रकारका प्रकोप प्रतिरोधी बनाउन प्राथमिकता दिऔं । प्रविधिको प्रयोगमा लगानी, बालमैत्री कक्षा कोठा, शैक्षिक सामग्री प्रयोग गरी सिकाउने वातावरण निर्माण गरी शिक्षकलाई प्रोत्साहन गरौं ।
अनिवार्य नं.२ : योग्य व्यक्तिलाई शिक्षण पेसामा आकर्षण
सबैभन्दा योग्य व्यक्ति किन शिक्षण पेसामा आकर्षित हुँदैन ? आश गर्ने असल शिक्षक उत्पादित दक्ष र योग्य जनशक्ति तर विद्यालयमा योग्यको आर्षित र सम्मानित हुने ठाउँ नभए पछि को योग्यले आफ्नो सन्तानलाई शिक्षक बनाउला ? कसैलाई शिक्षक बनेस् भनेर आशिर्वाद दिंने दिन जबसम्म आउँदैन तबसम्म शिक्षा सुध्रिदैन भन्छु म त ।
अनिवार्य नं.३ : जनशक्ति व्यवस्थापन
शिक्षक दरवन्दी, विद्यार्थी संख्याका आधारमा व्यवस्था गरिनु पर्छ, शिक्षकलाई तालिम, पुनर्ताजकी तालिम, उत्प्रेरणात्मक तालिम र प्रधानाध्यापक, वि.व्य.स.को नेत्तृत्व विकास गर्ने । प्र.अ.लाई अधिकार सम्पन्न गर्ने शिक्षकको कार्यसम्पादन मूल्यांकनमा पुनरावलोकन गरिनुपर्छ ।
अनिवार्य नं.४ : अतिरिक्त मूल्य
विद्यालयमा अतिरिक्त काम गरेबापत प्रधानाध्यापक, शिक्षक, कर्मचारीलाई प्रोत्साहन भत्ताको व्यवस्था गर्ने । सिद्धान कगचउगिक खबगिभ वालाहरूले त झन बुझ्नु पर्ने हो ।
अनिवार्य नं. ५ : शैक्षिक गुणस्तरका स्पष्ट मापदण्ड निरधारण र कार्यसम्पादनका आधारमा शिक्षक पुरस्कृत
के लाई गुणस्तर मान्ने, कसरी पढाएको, के पढेको, के सिकेको, कति सिकेको ? कस्तो शिक्षक, प्र.अ. दक्ष र पुरस्कार दिन योग्य ? कस्ता विद्यार्थी उत्कृष्ट र निकृष्ट ? गुणस्तर मापन गर्ने स्पष्ट न्युनतम मापदण्ड निर्धारण गरौ ।
अनिवार्य नं. ६ : स्पष्ट, प्रभावकारी र अनिवार्य अनुगमन, सुपरिवेक्षण संयन्त्र निर्माण
विद्यालय, प्र.अ., शिक्षक, विद्यार्थी मूल्याङ्कन गर्ने स्पस्ट आधार निर्माण गरी अनुगमन, सुपरिवेक्षण संयन्त्र निर्माण गरौं । यसका लागि शिक्षा समिति, वडा शिक्षा समित, विद्यालय व्यवस्थापन समित, शिक्षक अभिभावक संघ, जनप्रतिनिधि, विषयगत विज्ञको संयन्त्र तयार पारी अनुगमन, सुपरीवेक्षण गरी पृष्ठपोषण दिने र विद्यालयका समस्याहरू संकलन गर्ने र समीक्षा सुधारका लागि पहल गर्न जरूरी छ ।
अनिवार्य नं. ७ : विद्यार्थीहरूमा उद्यमशील चिन्तन र व्यवहारको विकास विद्यालय तहबाटै :
सबै प्राविधिक धार सञ्चालन भएका विद्यालयमा अनिवार्य रूपमा पढ्दै, कमाउँदै गर्ने वातावरण र लगानी गरिनु पर्छ । प्राविधिक धार पढेको विद्यार्थीले पढाइसके पछि काम पाउने व्यवस्था निश्चित गरिनु पर्छ । साथै, स्थानीय पाठ्यक्रममा स्थानीय विषयवस्तुका अतिरिक्त उत्पादन र उद्यमशीलता जोड्नु अवश्यक छ । कम्तीमा ८, ९ कक्षा देखि नै विद्यार्थीको क्षमता, रुची पहिचान गरी उसको भोलिको career के मा सुनिश्चित छ, रुची केमा छ पहिचान गरी क्षेत्र निर्धारण गरिदिनु पर्छ र उसको क्षमता अनुसारका विषय क्षेत्रमा पढाइ र तालिमको व्यवस्था गरिनु पर्छ । क्षमता र रुची नभएको क्षेत्रमा पढाउनु भनेको समय र पैसाको वर्वादी बाहेक केही होइन ।
प्रधानाध्यापकको भूमिका :
१. यथार्थमा आधारित विद्यालय सुधार योजना तथा वार्षिक कार्यतालिका निर्माण गरी कार्यान्वयनका लागि पहल शिक्षक स्टाफ परिचालन गर्ने ।
२. विद्यालयमा विद्यमान साधन र जनशक्तिलाई प्रयोग गरेर शैक्षिक गुणस्तर सुधारका लागि पहल गर्ने ।
३. शिक्षकसँग कार्यसम्पादन सम्झौता गर्ने ।
४. शिक्षकको शिक्षण सिकाइ क्रियाकलापको सुपरिवेक्षण र पृष्ठपोषण गर्ने ।
५. शिक्षक–स्टाफसँग प्रत्येक दिन अन्तिममा दिनभरीका क्रियाकलापको समीक्षा गर्न कम्तीमा १० देखि १५ मिनेट छुट्याउने र असल र सुधार्नु पर्ने विषयमा छलफल गर्ने र तुरुन्त सुधार्ने ।
६. साप्ताहिक र मासिक शिक्षक स्टाफ बसी शैक्षिक गुणस्तर धारका विषयमा छलफल र सुधारका पहल गर्ने ।
७. विद्यालयमा उपलब्ध र बनाउन सम्भव भएका शैक्षिक सामग्री निर्माण गरी अनिवार्य प्रयोग गर्ने ।
८. पुस्तकालय, विज्ञान र ict ल्याब प्रयोग गर्ने, पढ्ने र अभ्यास गर्न अनिवार्य गर्ने व्यवस्था गर्ने ।
शिक्षकको भूमिका :
– Self training  : सबै उकृष्ट बन्नेहरूले कुनै विश्वविद्यालय institution मा अध्ययन र तालिम नलिएको पाइन्छ । आफ्नै चिन्तन, अध्ययन र अनुसन्धानबाट उत्कृष्ट बनेको पाइन्छ । शिक्षकहरूलले पनि यस्तै किसिमका कार्यहरू गर्न सकिन्छ र गरिरहेको पनि पाइन्छ । यो कार्य सबै शिक्षकमा हुनु आवश्यक छ । किनभने शिक्षकको गरीमालाई माथि उठाउने काम अरुले भन्दा आफैले गर्न आवश्यक छ ।
कम्तीमा सम्भव भएसम्मका शैक्षिक सामग्री निर्माण र प्रयोग गर्ने, शिक्षण गर्ने विषयवस्तु र पर्याप्त तयारी गरेरमात्र कक्षा कोठामा प्रवेश गर्ने, खाली हात गोजीमा हालेर होइन ।
कक्षा कोठा उत्साहमय बनाउँ, रमाइलो बनाउँ, परीक्षाकेन्द्रित होइन, भनिन्छ नि सफल व्यक्तिले फरक काम होइन, फरक ढङ्गले काम गर्छ । त्यो भनेको प्रत्येक दिन फरक शैलिमा शिक्षण गरौं । सधै एउटै शैलीको प्रयोगबाट विद्यार्थीलाई निद लाग्छ ।
हरेक विद्यार्थीको अभिलेख राखौं । विद्यार्थीका रुची र क्षमता फरक हुन्छन् सबैलाई एउटै ढंगले शिक्षण र मूल्याङ्कन गर्न उचित हुँदैन । फरक रूची र क्षमताका विद्यार्थीको अभिलेख राखी सोही अनुसार शिक्षण र मूल्याङ्कन योजना निर्माण गरौ । कमजोर विद्यार्थीलाई उपचारात्मक शिक्षणका लागि स्टाफ बैठकमा छलफल गरी सुधारका लागि योजना निर्माण गरी कार्यान्वयन गरौं ।
अभिभावको भूमिका :
हरेक अभिभाकले हरेक साँझ कम्तीमा १ घण्टा बालबालिकाका लागि अनिवार्य दिनु आवश्यक छ । उनीहरूको झोला खोलौं कपी किताब हेरौ । विद्यालयमा के लेखेको रहेछ, झोलामा अरु केही त छैन ? र, उनीहरूलाई सोधौं आज विद्यालयमा के पढाइ भयो ? के सिक्यौ ? सबै विषय पढाइ भयो कि भएन ? यसबाट विद्यालयमा राम्रोसँग पढाइ भए नभएको, बालबालिकाले सिके नसिकेको थाहा हुन्छ । साथै, निरन्तर विद्यालयका प्रधानाध्यापक, शिक्षकसँग सम्पर्कमा रहनु पर्छ । अनि पो जिम्मेवार अभिभावक बन्न सकिन्छ ।
अन्त्यमा :
शिक्षा पूर्वाधारको पनि पूर्वाधार हो, विकास, समृद्धि, संस्कारको मूहान हो । यो क्षेत्रको व्याख्या र थेसिस धेरै लेखिए । मूल कुरा बदल्ने हो । बदल्नलाई फिल्डमै जाऔं । त्यो फिल्ड विद्यालय र विश्वविद्यालयहरु हुन् । प्रत्यक्ष भुक्त भोगी त्यहाँका शिक्षक विद्यार्थी हुन् । त्यहाँका समस्यासँग प्रत्यक्ष साक्षात्कार गरौं र सुधारका लागि पहल गरौ ।

(शिक्षा अधिकृत शाही सरुमारानी गाउ“पालिकामा कार्यरत छन् ।)

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रेस चौतारी प्यूठानद्धारा पत्रकार भेटघाट सम्पन्न

प्रेस चौतारी नेपाल प्यूठानले आईतबार पत्रकार भेटघाट गरेको छ । नेकपा एमाले प्यूठानले गरेका जिल्लाका...

भित्रीकोट बजार इलाकाले महोत्सव लगाउने

प्यूठानमा महोत्सव हुने भएको छ । उद्योग बाणिज्य संघ भित्रीकोट बजार इलाकाले महोत्सव लागउने भएको...

विवादास्पद व्यवसायी प्रसाईँद्वारा गल्ति स्वीकार

विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्षेप लगाउने गरी ‘प्रमाण’ सार्वजनिक गर्दा...

आजदेखि एनपीएल सुरु हुँदै

नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान)...

सरुमारानीमा गाउँसभाको १६ औं अधिवेशन सुरु

सरुमारानी गाउँपालिकाको दोश्रो गाउँसभाको १६ औं अधिवेशन शुक्रबार देखि सुरु भएको छ । अधिवेशनमा आ.व.२०८०/०८१...