News Portal

रेडियो सुन्नुहोस्

समस्या देख्नासाथ तत्काल समाधान तर्फ युवा जनप्रतिनिधी

झुलेनी पोष्ट१९ पुष २०७९
१००३ पटक
१९ पुष २०७९

२०७९ सालको स्थानिय तहको निर्वाचन पश्चात निर्वाचित युवा जनप्रतिनीधीहरु पुराना जनप्रतिनिधी भन्दा फरक शैलीमा प्रस्तुत भएका छन् । समाजका विभिन्न क्षेत्रमा पिछडिएका नागरिकको घरदैलोमा होस् वा बालबालिकाको मुहारमा खुसी ल्याउन्, नागरिकका समस्या देख्ने बित्तिकै तत्काल समाधान गर्न तर्फ लागिपरेका छन् । सोही अनुसार प्यूठान नगरपालिका वडा नं.३ का वडा अध्यक्ष सुमनराज श्रेष्ठले विपन्न बालबालिकालाई शैक्षिक सामाग्री उपलब्ध गराउनु भएको छ । प्यूठान नगरपालिका वडा नं.३ बिजयनगरस्थित शारदा आधारभुत विद्यालयमा अध्यनरत् बालबालिकालाई शैक्षिक सामाग्री उपलब्ध गराएका हुन् ।

अध्यक्ष श्रेष्ठको पहलमा विपन्न बालबालिकालाई जुत्ता, मोजा, झोला, पोषाक लगाएत आवश्यक शैक्षिक सामाग्री उपलब्ध गराएको हो । गरिबीबाट ग्रसित भएका र पढ्नका निम्ति शैक्षिक सामाग्री नहुँदा पढ्न नपाउने अवस्था नहुँने भन्दै सहयोग गरेको अध्यक्ष श्रेष्ठको भनाई छ । यति मात्र होईन श्रेष्ठले निर्वाचित भए पश्चात नागरिकका आधारभुत आवश्यकता वस्तीस्तरमा खानेपानी , यातायात लगाएतका कार्यहरुलाई पनि निरन्तरता दिइरहेका छन ।

समाजमा जनताले खोजेको र रोजेको जनप्रतिनिधी पाउँदा स्थानिय खुसी छन् । त्यस्तै शारदा आधारभुत विद्यालयबाट २६ जनाको नाम पठाइएकोमा हाललाई २ जनाको नाम मात्र सिफारिस भएको प्रधानाध्यापक गेहराज अधिकारीले बताए । त्यस स्कुलबाट प्रत्येक बर्षको एकपटक जेहेन्दार विद्यार्थीबाट छनोटको आधारमा एकजनालाई शैक्षिक सामाग्री दिदै आएको पनि उनले बताए । त्यस्ता अति विपन्न विद्यार्थीलाई स्कुलमा पढाई हुने टिउसन कक्षा समेत आफुहरुले निशुल्क गरिएको बताएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...