News Portal

रेडियो सुन्नुहोस्

समस्या देख्नासाथ तत्काल समाधान तर्फ युवा जनप्रतिनिधी

झुलेनी पोष्ट१९ पुष २०७९
१०१४ पटक
१९ पुष २०७९

२०७९ सालको स्थानिय तहको निर्वाचन पश्चात निर्वाचित युवा जनप्रतिनीधीहरु पुराना जनप्रतिनिधी भन्दा फरक शैलीमा प्रस्तुत भएका छन् । समाजका विभिन्न क्षेत्रमा पिछडिएका नागरिकको घरदैलोमा होस् वा बालबालिकाको मुहारमा खुसी ल्याउन्, नागरिकका समस्या देख्ने बित्तिकै तत्काल समाधान गर्न तर्फ लागिपरेका छन् । सोही अनुसार प्यूठान नगरपालिका वडा नं.३ का वडा अध्यक्ष सुमनराज श्रेष्ठले विपन्न बालबालिकालाई शैक्षिक सामाग्री उपलब्ध गराउनु भएको छ । प्यूठान नगरपालिका वडा नं.३ बिजयनगरस्थित शारदा आधारभुत विद्यालयमा अध्यनरत् बालबालिकालाई शैक्षिक सामाग्री उपलब्ध गराएका हुन् ।

अध्यक्ष श्रेष्ठको पहलमा विपन्न बालबालिकालाई जुत्ता, मोजा, झोला, पोषाक लगाएत आवश्यक शैक्षिक सामाग्री उपलब्ध गराएको हो । गरिबीबाट ग्रसित भएका र पढ्नका निम्ति शैक्षिक सामाग्री नहुँदा पढ्न नपाउने अवस्था नहुँने भन्दै सहयोग गरेको अध्यक्ष श्रेष्ठको भनाई छ । यति मात्र होईन श्रेष्ठले निर्वाचित भए पश्चात नागरिकका आधारभुत आवश्यकता वस्तीस्तरमा खानेपानी , यातायात लगाएतका कार्यहरुलाई पनि निरन्तरता दिइरहेका छन ।

समाजमा जनताले खोजेको र रोजेको जनप्रतिनिधी पाउँदा स्थानिय खुसी छन् । त्यस्तै शारदा आधारभुत विद्यालयबाट २६ जनाको नाम पठाइएकोमा हाललाई २ जनाको नाम मात्र सिफारिस भएको प्रधानाध्यापक गेहराज अधिकारीले बताए । त्यस स्कुलबाट प्रत्येक बर्षको एकपटक जेहेन्दार विद्यार्थीबाट छनोटको आधारमा एकजनालाई शैक्षिक सामाग्री दिदै आएको पनि उनले बताए । त्यस्ता अति विपन्न विद्यार्थीलाई स्कुलमा पढाई हुने टिउसन कक्षा समेत आफुहरुले निशुल्क गरिएको बताएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...