News Portal

रेडियो सुन्नुहोस्

आर्थिक सन्तुलन कायम गर्ने जिम्मेवारी सरकारले लिनुपर्छ ः स्वास्थ्यमन्त्री थारु

झुलेनीपोष्ट२०७९ पुस २३ प्यूठान
७१७ पटक
२०७९ पुस २३ प्यूठान

लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारूले देशमा देखिएको आर्थिक तरलालाई सन्तुलनमा ल्याउन कस्तो नीति बनाएर लैजाने हो त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् । सिसहनियाँ उद्योग वाणिज्य संघले शनिवार राप्ती गाउँपालिका ५ कालापानी स्थित खौराहाबाबा धार्मिक तथा पर्यटकीय स्थलमा आयोजना गरेको दाङ जिल्ला भरिका उद्योग वाणिज्य संघहरूको भेटघाट, परिचयात्मक कार्यक्रम तथा बैंकहरूले गरेको ब्जाजदर वृद्धि सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । स्वास्थ्यमन्त्री थारुले देशको अवस्था र उत्पादनको अवस्था नहेरि बैंकहरुले आफु खुसी व्याजदर निर्धारण गर्न थाल्ने हो भने एकथरी समिति बैंकरहरुको अवस्था सुध्रित हुने र देशको अन्य उत्पादनको आर्थिक क्षेत्र धरासय हुन सक्ने भन्दै बैंकहरुलाई नियन्त्रण गर्नुपर्ने अवस्था आफुले देखेको बताए ।

देशमा आर्थिक परिवर्तन पछि पुँजीको माग बढे सँगै व्याजदर पनि वृद्धि भएको अवस्था देखिएको र त्यसपछि जययुद्धका क्रममा व्याजदर निकै घटेर आएको स्वास्थ्यमन्त्री थारुले स्मरण गराए । त्यस्तै स्वास्थ्यमन्त्री थारुले आर्थिक संकट टार्न उत्पादनशील क्षेत्रमा लगानी लगाउन आवश्यक रहेको बताएका छन् । अहिले बजारमा निक्षेप कम मात्रमा जम्मा हुने र कर्जा बढी मात्रमा लगानी भइरहेकोले व्याजदर स्वभाविक रुपमा वृद्धि भएको भन्दै स्वास्थ्यमन्त्री थारुले यस अनियन्त्रीत तरिकाले यसलाई बढ्न दिन नहुने बताएका छन् ।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बालकृष्ण सुवेदीले उद्योगी व्यवसायीहरुलाई सम्वृद्व बनाए सरकार पनि सम्वृद्व हुने बताएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष नारायणप्रसाद भुसालले कोइलावास नाका सञ्चालन भए व्ययापार व्यवसायी वृद्धि हुने भन्दै नाका सुचारु गराउन मन्त्रीहरूको ध्यानाकर्षण गराए । त्यस्तै राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरीले उद्यागी व्यापारीहरुलाई अखाद्य वस्तु तथा म्याद नाघेका सामानहरु बिक्री वितरण नगर्न सुझाव दिएकी छिन् ।
संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकीको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चौधरी, देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष खगेश्वर खनाल, राप्ती उद्योग वाणिज्य संघ भालुवाङका अध्यक्ष सुरज खड्का, नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष अभियान बस्नेत, हापुर उद्योग वाणिज्य संघका अध्यक्ष टिकाराम खत्री लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संघका उपाध्यक्ष युवराज सेनको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन संघका वरिष्ठ उपाध्यक्ष ईश्वरीप्रसाद अधिकारीले गरेका थिए । कार्यक्रम सुरु हुनु पुर्व सिसहनियाँ– महदेवा जोड्ने नेपालको दोस्रो लामो पुल र राप्ती गाउँपालिका वडा नम्बर ८ मा रहेको बौद्धगुम्भाको अवलोकन समेत गरिएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...