News Portal

रेडियो सुन्नुहोस्

कृषकको मागको आधारमा कार्यक्रम सञ्चालन गर्ने

बिबश घर्ति मगर२६ पुष २०७९
६९२ पटक
२६ पुष २०७९

पशुपालक किसानहरुको समस्याहरुको बारेमा नगरपालिका सधै तत्पर रहेर लाग्ने प्यूठान नगरपालिका प्रमुख बिष्णु बहादुर योगिले बताए । नगरपालिका भित्र रहेका वास्तविक किसानहरुको पहिचान गरेर सौलियत पूर्ण कर्जा उपलब्ध गराउने भन्दै प्यूठान नगरपालिका पशुसेव शाखाको आयोजनामा मगंलबार सम्पन्न भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् । नगर उपप्रमुख देवेन्द्र बर्माले किसानहरुको लागि भनेर उत्पादनमा आधारित अनुदान कार्यक्रम समेत सञ्चालन गर्ने बताएका छन् । तालिममा सहभागिहरुलाई पशु स्वास्थ्य, पशु व्यवस्था, पशु आहारा र पशुमा लाग्ने सामान्य रोगहरुको बारेमा जानकारी गराइएको थियो । पशुपंछिहरुको लागि व्यवस्थित खोर बनाउने लगायतका कुरामा छलफल भएको हो ।
नगरपालिका पशु सेवा शाखा प्रमुख गिरिराज पौडेलले नगरपालिकाको चालु आर्थिक बर्ष २०७९र८० मा सञ्चालन गर्ने कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो । त्यस अवसरमा उहाँले आगामी दिनमा पशुपालनलाई कसरी अगाडी बढाउने र किसानहरुको आवश्यकताको आधारमा कार्यक्रम ल्याउने जानकारी गराएका हुन् । त्यस्तै उनले वास्तविक किसान को हो त भनि पहिचान गरेर उनिहरुको मागको आधारमा समेत कार्यक्रम सञ्चालनमा ल्याउने बताए । २४ गते देखी सुरु भएको ३ दिनको तालिम आज फुलबारी बिजय लक्ष्मी सहकारी संस्थाको सभाहलमा सम्पन्न भएको थियो । तालिममा प्यूठान नगरपालिका भित्र रहेका १० वटै वडाका २४ जना कृषकहरुको सहभागिता रहेको थियो । तालिमबाट आफुहरु प्रभावकारी भएको बताउदै उत्पादनमा आधारित अनुुदान कार्यक्रम सञ्चालन गर्न सहभागिहरुले माग गरेका छन् ।
२४ गते प्यूठान नगरपालिका वडा ३ का अध्यक्ष सुमनराज श्रेष्ठ तथा २६ गते नगर प्रमुख बिष्णु बहादुर योगिको अध्यक्षमा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि नगर उपप्रमुख देबेन्द्र बर्मा रहेका थिए । कार्यक्रममा प्यूठान नगरपालिका पशु शाखा प्रमुख गिरिराज पौडेल, पशु चिकित्सक शर्मिला शर्मा, अधिकृत माधवा रिजाल लगायत अन्य प्राविधिक टोलिहरुको सहभागिता रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...