News Portal

रेडियो सुन्नुहोस्

कृषकको मागको आधारमा कार्यक्रम सञ्चालन गर्ने

बिबश घर्ति मगर२६ पुष २०७९
१५२ पटक
२६ पुष २०७९

पशुपालक किसानहरुको समस्याहरुको बारेमा नगरपालिका सधै तत्पर रहेर लाग्ने प्यूठान नगरपालिका प्रमुख बिष्णु बहादुर योगिले बताए । नगरपालिका भित्र रहेका वास्तविक किसानहरुको पहिचान गरेर सौलियत पूर्ण कर्जा उपलब्ध गराउने भन्दै प्यूठान नगरपालिका पशुसेव शाखाको आयोजनामा मगंलबार सम्पन्न भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् । नगर उपप्रमुख देवेन्द्र बर्माले किसानहरुको लागि भनेर उत्पादनमा आधारित अनुदान कार्यक्रम समेत सञ्चालन गर्ने बताएका छन् । तालिममा सहभागिहरुलाई पशु स्वास्थ्य, पशु व्यवस्था, पशु आहारा र पशुमा लाग्ने सामान्य रोगहरुको बारेमा जानकारी गराइएको थियो । पशुपंछिहरुको लागि व्यवस्थित खोर बनाउने लगायतका कुरामा छलफल भएको हो ।
नगरपालिका पशु सेवा शाखा प्रमुख गिरिराज पौडेलले नगरपालिकाको चालु आर्थिक बर्ष २०७९र८० मा सञ्चालन गर्ने कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो । त्यस अवसरमा उहाँले आगामी दिनमा पशुपालनलाई कसरी अगाडी बढाउने र किसानहरुको आवश्यकताको आधारमा कार्यक्रम ल्याउने जानकारी गराएका हुन् । त्यस्तै उनले वास्तविक किसान को हो त भनि पहिचान गरेर उनिहरुको मागको आधारमा समेत कार्यक्रम सञ्चालनमा ल्याउने बताए । २४ गते देखी सुरु भएको ३ दिनको तालिम आज फुलबारी बिजय लक्ष्मी सहकारी संस्थाको सभाहलमा सम्पन्न भएको थियो । तालिममा प्यूठान नगरपालिका भित्र रहेका १० वटै वडाका २४ जना कृषकहरुको सहभागिता रहेको थियो । तालिमबाट आफुहरु प्रभावकारी भएको बताउदै उत्पादनमा आधारित अनुुदान कार्यक्रम सञ्चालन गर्न सहभागिहरुले माग गरेका छन् ।
२४ गते प्यूठान नगरपालिका वडा ३ का अध्यक्ष सुमनराज श्रेष्ठ तथा २६ गते नगर प्रमुख बिष्णु बहादुर योगिको अध्यक्षमा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि नगर उपप्रमुख देबेन्द्र बर्मा रहेका थिए । कार्यक्रममा प्यूठान नगरपालिका पशु शाखा प्रमुख गिरिराज पौडेल, पशु चिकित्सक शर्मिला शर्मा, अधिकृत माधवा रिजाल लगायत अन्य प्राविधिक टोलिहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

नेपाल विद्यार्थी संघ प्युठानले नगरपालिकालाइ ज्ञापनपत्र बुझायो

नेपाल विद्यार्थी संघ प्युठानले प्युठान नगरपालिकालाइ आइतबार ज्ञापन पत्र बुजाएको छ । नगरपालिका भित्रका विद्यालय...

प्यूठान अस्पतालको बाटो मर्मतका लागि अनुगमन

प्यूठान अस्पतालको सडक मर्मतको लागि अनुगमन गरिएको छ । आइतबार सडक पूर्वाधार विकास कार्यालय प्यूठानका...

कालिका भगवती र भैरव मन्दिर परिसरमा सरसफाइ

४४ औं सामाजिक सेवा दिवसको अवसर पारी विजुवार बजार स्थित कालिका भगवती र भैरव मन्दिर...

झुलेनी पोष्ट अनलाईनका सम्पादक भण्डारी पुरस्कृत

झुलेनी यूनाईटेड नेटवर्क प्रा.लिद्वारा सञ्चालित झुलेनी पोष्ट अनलाईनका सम्पादक हरि प्रसाद भण्डारी पुरस्कृत भएका छन्...

सरकार र शिक्षकहरूबीच सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता

काठामाडौं, सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ । गृह मन्त्रालयमा आज शुक्रवार बसेको बैठकमा...