News Portal

रेडियो सुन्नुहोस्

पत्रकार पौडेलको सम्झनामा प्यूठानमा श्रद्धान्जली कार्यक्रम

बिबश जि एम१३ माघ २०७९
६०५ पटक
१३ माघ २०७९

विमान दुर्घटनामा परि मृत्यू भएका पत्रकार त्रिभुवन पौडेलको सम्झनामा प्यूठानमा श्रद्धान्जली कार्यक्रम गरिएको छ । हाम्रो एकता राष्ट्रिय साप्ताहिक प्रकाशनको आयोजनामा शुक्रबार प्यूठान नगरपालिका ४ जुम्रीमा एक कार्यक्रमका बिच श्रद्धान्जली अर्पण गरिएको हो । माघ १ गते विमान दुर्घटनामा परी निधन भएका पत्रकार त्रिभुवन पौडेल सहित विमान दुर्घटनामा ज्यान गुमाउनु हुने ७२ जना प्रति १३ औं दिनको पुण्यतिथिमा मृतकप्रति उक्त श्रद्धाञ्जली व्यक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा जिल्लामा क्रियाशील पत्रकारहरुको उपस्थिति रहेको थियो । स्वर्गीय पौडेल नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य र पत्रकार महासंघ गण्डकी प्रदेशको पूर्व अध्यक्ष तथा हाल गण्डकी प्रदेशको सल्लाहकार समेत रहेका थिए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...