News Portal

रेडियो सुन्नुहोस्

शुरविर पण्डित (दारी बा)को टोली प्यूठान आउदै

झुलेनी पोष्ट२०७९माघ,१७
९६२ पटक
२०७९माघ,१७

राष्ट्रिय कलाकार शुरविर पण्डित (दारी बा)को टिम प्यूठान आउने भएको छ । जिल्लाको माण्डवी गाउँपालिका अन्तर्गतका विभिन्न विद्यालय तथा बजार क्षेत्रमा बालबिबाह न्यूनीकरण सम्बन्धी अभिनय तथा नाटक प्रदशन गर्नका लागि राष्ट्रिय कलाकार शुरविर पण्डित (दारी बा)को टिम प्यूठान आउने भएका हुन् ।
गाउँपालिकाको २०७९,८०को वार्षिक स्वीकृत कार्यक्रम अनुसार बालविबाह न्यूनीकरण सम्बन्धी जनचेतनामुलक अभिनय प्रदशन गर्नका लागि यहि माघ २१ गते कलाकारको टिम प्यूठान आउने भएको माण्डवी गाउँपािलकाले जानकारी दिएको छ ।
गाउँपािलकाका अनुसार पालिका क्षेत्रभित्रका आठ वटा विद्यालय र एक वटा बजार क्षेत्र गरी नौ स्थानमा सचेतनामुलक नाटक प्रदशन गरिने छ । माघ २१ गते अरुणा भवानीश्वरी प्राथामिक विद्यालय माण्डवी गाउँपालिका १, कुमाल्टार, गणेश माद्यामिक विद्यालय तिराम, सुन्नानी आधारभूत विद्यालय रातापानी र गणेश आधारभूत विद्यालय ढिकाबनमा नाटक प्रदशन हुनेछ । त्यस्तै माघ २२ गते कामाक्षी माद्यामिक विद्यालय वडा नं.४उदयपुरकोट, एश्वर्य प्राथामिक विद्यालय डाडाकटेरी, माण्डवी माद्यामिक विद्यालय नयाँगाउँ, जस्पुर बजार चोक र २३ गते वागेश्वरी माद्यामिक विद्यालय वडा नं.५ तिघ्रामा नाटक प्रदशन गरिने जनाइएको छ ।
कार्यक्रममा बालबिबाहले निम्त्याउने असर, समस्या र न्यूनीकरण लगाएतका शिर्षकमा आधारित रहेर नाटक प्रदशन गरिने जनाइएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...