News Portal

रेडियो सुन्नुहोस्

अधिवेशनबाट नारायणी थापाको नेतृत्वमा १५ सदस्य समिति गठन

बिबश जि एम१८ माघ २०७९
७१८ पटक
१८ माघ २०७९

लुम्बिनी प्रदेश सभा सदस्य सांसद तुल्सीराम शर्माले महिलाको नेतृत्व अहिलेको समयमा अति नै आवश्यकता रहेको बताए । बुधाबार अखिल नेपाल महिला संघ प्यूठान नगर कमिटीको प्रथम अधिवेशनमा सांसद शर्माले यस्तो बताएका हुन् । उनले महिलाहरु आफ्नो अधिकारको लागि आफै लड्नु पर्ने भन्दै यसमा अग्रसर हुन आवश्यक रहेको बताए । त्यस्तै उनले गएको प्रदेश चुनावमा महिलाहरुले अति महत्वपूर्ण भुमिका खेलेको भन्दै प्रशंसा समते गरे ।


त्यस्तै अखिल नेपाल महिला संघ प्यूठानका जिल्ला अध्यक्ष भगवता खड्काले अखिल नेपाल महिला संघ नेकपा एमाले पार्टीको खम्बा जस्तै उभिने पिलर भएको बताएका छन् । उनले चुनावको निर्वाचन समयमा महिलाहरु अगाडी भएर लागेको बताए । उनले भने संसारमा महिला विनाको घर अधुरो जस्तै हुने भन्दै हरेक क्षेत्रमा महिलाहरुलाई अगाडी सार्नको लागि एउट अवसर हुुनु पर्ने बताएका हुन् । उनले हालै भएको चुनावको मत नै निर्णायक देखिएको बताएका छन् ।


आज भएको अखिल नेपाल महिला संघ प्यूठान नगर कमिटीको प्रथम अधिबेशनमा नारायणी थापा चयन भएका छन् । थापाको नेतृत्वमा १५ सदस्यीय समिति गठन भएको अखिल नेपाल महिला संघ प्यूठान जिल्ला अध्यक्ष भगवता खड्काले बताए ।
अखिल नेपाल महिला संघ प्यूठान नगर कमिटीका संयोज कमला भारतीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले प्रदेश कमिटी सचिबालय सदस्य एबम प्रदेश सभा सांसद सदस्य तुल्सिराम शमा, विशिष्ट अतिथि नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा अखिल नेपाल महिला संघका केन्द्रिय सदस्य कमला रिजाल, लगायत अखिल नेपाल महिला संघका सदस्य र पार्टीका सदस्यहरुको उपस्थिति रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...