News Portal

रेडियो सुन्नुहोस्

अधिवेशनबाट नारायणी थापाको नेतृत्वमा १५ सदस्य समिति गठन

बिबश जि एम१८ माघ २०७९
५७० पटक
१८ माघ २०७९

लुम्बिनी प्रदेश सभा सदस्य सांसद तुल्सीराम शर्माले महिलाको नेतृत्व अहिलेको समयमा अति नै आवश्यकता रहेको बताए । बुधाबार अखिल नेपाल महिला संघ प्यूठान नगर कमिटीको प्रथम अधिवेशनमा सांसद शर्माले यस्तो बताएका हुन् । उनले महिलाहरु आफ्नो अधिकारको लागि आफै लड्नु पर्ने भन्दै यसमा अग्रसर हुन आवश्यक रहेको बताए । त्यस्तै उनले गएको प्रदेश चुनावमा महिलाहरुले अति महत्वपूर्ण भुमिका खेलेको भन्दै प्रशंसा समते गरे ।


त्यस्तै अखिल नेपाल महिला संघ प्यूठानका जिल्ला अध्यक्ष भगवता खड्काले अखिल नेपाल महिला संघ नेकपा एमाले पार्टीको खम्बा जस्तै उभिने पिलर भएको बताएका छन् । उनले चुनावको निर्वाचन समयमा महिलाहरु अगाडी भएर लागेको बताए । उनले भने संसारमा महिला विनाको घर अधुरो जस्तै हुने भन्दै हरेक क्षेत्रमा महिलाहरुलाई अगाडी सार्नको लागि एउट अवसर हुुनु पर्ने बताएका हुन् । उनले हालै भएको चुनावको मत नै निर्णायक देखिएको बताएका छन् ।


आज भएको अखिल नेपाल महिला संघ प्यूठान नगर कमिटीको प्रथम अधिबेशनमा नारायणी थापा चयन भएका छन् । थापाको नेतृत्वमा १५ सदस्यीय समिति गठन भएको अखिल नेपाल महिला संघ प्यूठान जिल्ला अध्यक्ष भगवता खड्काले बताए ।
अखिल नेपाल महिला संघ प्यूठान नगर कमिटीका संयोज कमला भारतीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले प्रदेश कमिटी सचिबालय सदस्य एबम प्रदेश सभा सांसद सदस्य तुल्सिराम शमा, विशिष्ट अतिथि नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा अखिल नेपाल महिला संघका केन्द्रिय सदस्य कमला रिजाल, लगायत अखिल नेपाल महिला संघका सदस्य र पार्टीका सदस्यहरुको उपस्थिति रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...