News Portal

रेडियो सुन्नुहोस्

सुर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबि भुक्तानी

झुलेनी पोष्ट२०७९माघ १९, प्यूठान
८३७ पटक
२०७९माघ १९, प्यूठान

सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनि लि. प्यूठानले मृत्यु दाबि भुक्तानी गरेको छ । बिमितको परिवार झिमरुक गाउँपालिका वडा नं. ६, निवासी खलान घर्तिमगरलाई ७ लाख १४ हजार रुपैयाँ बुझाएको शाखा प्रवन्धक धर्मराज अधिकारीले जानकारी दिए ।
उनका अनुसार खलान बहादुरको श्रीमती रिमा घर्तिमगर प्रस्तावक भई उनले नाबालक छोरी छाया घर्तिमगरको ज्योति सुनौली भविष्य बाल जिवन बिमा गराएका थिए । छोरीको बिमा बनाउँदा ज्योति म्यादी बिमा अन्तर्गतको मृत्यु दाबि भुक्तानी गरीएको प्रवन्धक अधिकारीको भनाई छ । २०७७ असोजमा बिमा गराएका उनको २०७९ मंसिरमा हृदयघातका कारण बिरामी भई उपचारका क्रममा मृत्यु भएको थियो ।

बिमितको परिवारलाई प्युठान उद्योग वाणिज्य संघका उपाध्यक्ष रेशम केसिको प्रमुख आतित्थ्यतामा हसणतान्तरण गरिएको हो । कार्यक्रममा मन्तव्य राख्दै उपाध्यक्ष केसिले जीवन बिमामा सानो र थोरै भएपनि लगानि गर्दा मृत्य पश्चात् परिवारलाइ सहयोग मिल्ने भएकाले बिमा गर्न पछि पर्न नहुने बताए । त्यसैगरि बिमित रकम लगेर दुरूपयोग नगरि सहिठाउमा प्रयोग गर्न समेत उनले आग्रह गरे ।

सो बिमा अन्तर्गत प्रस्तावक हकवाला आमाको मृत्यु भएकोले सुनौलो भविष्य बाल जिवन बिमा वापतको अबदेखि बुझाउनुपर्ने सबै रकम कम्पनीले जम्मा गरिदिने भएको छ । त्यसैगरी शैक्षिक विकासका लागि कम्पनि मार्फत बिमा अवधि सकिदा सम्म मासिक ७ हजार रुपैयाँ उपलब्ध गराउने समेत प्रवधन्क अधिकारीले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...