News Portal

रेडियो सुन्नुहोस्

पुग्नै पर्ने स्टल न १२ आहा !

बिबश जि एम०४ फागुन २०७९
१२६७ पटक
०४ फागुन २०७९

काठैको छ बगेनी, काठैको छ बाघ, काठैका छन राजा, काठैकी छिन रानी, यस्तै भगवान गौतम बुद्ध, गाई लगायतका मुर्ति स्टल न. १२ मा गएपछि हेर्न सकिन्छ । आज(बिहीबार)देखि सुरु हुने स्वर्गद्वारी प्यूठान पाँचौ महोत्सवमा आफ्नो कला देखाउन बसेका छन् प्यूठान नौबहिनी गाउँपालिका ८ पोप्लीका यमलाल पुन ।

आयोजक प्यूठान उद्योग बाणिज्य संघले स्थानीय कलालाई प्रोत्साहन गर्न उनलाई निःशुल्क स्टलको व्यवस्था गरेको छ । काठबाट बनाएका हस्तकलाका मुर्तिहरु उनले प्रदशर्नीमा राखेका छन् ।
नौबहिनी ८ फोप्ली गैराथोकमा बस्दै आएका उनी बर्षले अहिले ५३ वर्षका भए । पुनले पहिले पानी घट्टा चलाउने काम गर्थे । गाउँमा बिद्युत पुगेपछि पानी घट्ट चलेन ।

घरायसी काम गर्नेक्रममा रुखबाट खसेपछि उनी अपाङ्ग भएपछि हस्तकला चित्रमा लाग्न सुरु गरे । पुनले विद्युतिय मेसिनको प्रयोग नगरी हस्तकलाको माध्यमबाट काठका विभिन्न चित्रहरु बनाउँदै आएका छन् ।
अहिले उनी काठबाट विभिन्न महत्व बोकेका राष्ट्रिय देखी अन्तराष्ट्रिय स्तरसम्मको चित्रहरु बनाउने गरेका छन् । उनले भगवान गौतम बुद्धको मुर्ति, पृथ्वी नारायण शाह, बघेनीको पाठेघर, गणेश भगवान, राष्ट्रिय जनावर गाईको चित्र, दुम्सी, नागेनी लगायतका चित्रहरु बनाएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...