News Portal

रेडियो सुन्नुहोस्

पुग्नै पर्ने स्टल न १२ आहा !

बिबश जि एम०४ फागुन २०७९
१०८८ पटक
०४ फागुन २०७९

काठैको छ बगेनी, काठैको छ बाघ, काठैका छन राजा, काठैकी छिन रानी, यस्तै भगवान गौतम बुद्ध, गाई लगायतका मुर्ति स्टल न. १२ मा गएपछि हेर्न सकिन्छ । आज(बिहीबार)देखि सुरु हुने स्वर्गद्वारी प्यूठान पाँचौ महोत्सवमा आफ्नो कला देखाउन बसेका छन् प्यूठान नौबहिनी गाउँपालिका ८ पोप्लीका यमलाल पुन ।

आयोजक प्यूठान उद्योग बाणिज्य संघले स्थानीय कलालाई प्रोत्साहन गर्न उनलाई निःशुल्क स्टलको व्यवस्था गरेको छ । काठबाट बनाएका हस्तकलाका मुर्तिहरु उनले प्रदशर्नीमा राखेका छन् ।
नौबहिनी ८ फोप्ली गैराथोकमा बस्दै आएका उनी बर्षले अहिले ५३ वर्षका भए । पुनले पहिले पानी घट्टा चलाउने काम गर्थे । गाउँमा बिद्युत पुगेपछि पानी घट्ट चलेन ।

घरायसी काम गर्नेक्रममा रुखबाट खसेपछि उनी अपाङ्ग भएपछि हस्तकला चित्रमा लाग्न सुरु गरे । पुनले विद्युतिय मेसिनको प्रयोग नगरी हस्तकलाको माध्यमबाट काठका विभिन्न चित्रहरु बनाउँदै आएका छन् ।
अहिले उनी काठबाट विभिन्न महत्व बोकेका राष्ट्रिय देखी अन्तराष्ट्रिय स्तरसम्मको चित्रहरु बनाउने गरेका छन् । उनले भगवान गौतम बुद्धको मुर्ति, पृथ्वी नारायण शाह, बघेनीको पाठेघर, गणेश भगवान, राष्ट्रिय जनावर गाईको चित्र, दुम्सी, नागेनी लगायतका चित्रहरु बनाएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...