News Portal

रेडियो सुन्नुहोस्

अध्यक्ष श्रेष्ठद्धारा ५ हजार सहयोग, पढाइको पुर्ण ग्यारेन्टी बिद्यालयले लिने

बिबश जि एम०५ फागुन २०७९
९२८ पटक
०५ फागुन २०७९

स्वर्गद्धारी प्यूठान पाचौं महोत्सव २०७९ प्यूठानमा हिजो विहिबार देखी सुरु भयो । सोही भिडमा प्यूठान नगरपालिका – ३ बिजयनगर स्थित मुक्ति माध्यामिक बिधालय रातामाटा कक्षा – ३ मा पढने राजु कुमालले पनि खुल्ला चौरमा तित्री बेच्न पुगेका थिए ।
सोही तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । त्यसपछि प्यूठान नगरपालिका ३ का वडा अध्यक्ष सुमनराज श्रेष्ठले दयनिय अवस्था रहेको भन्दै नगद पाँच हजार रुपैया कुमाललाई दिए । “सो घटना सामाजिक संजालमा भाइरल भएसंगै हामीले उद्दार तथा पहल गरेका छौ” अध्यक्ष श्रेष्ठले भने,।


कुमालले आफ्नो पढाइको लागि आवश्यक पर्ने कपी, कलम नभएको भन्दै बाध्यताले तित्री बेच्न थालेको सुनाए । बुबा रोजगारको लागि भारत पुगेको र आमा गाउँमै ज्याला मजदुरी गर्दै आएको उनको भनाई छ । उनले भने, ‘त्यही बेचेर आफनो पढाइको लागि आवश्यक सामान किन्ने सोचमा छु’ ।
त्यस्तै कुमाललाई बिद्यालय पढ्दा सम्म आबश्यक पर्ने सबै शैक्षिक सामाग्री बिद्यालयले ब्यबस्था मिलाउने भएको छ । कक्षा ३ मा अध्ययन गर्ने बिद्यार्थी राजु कुमाल हिजो मात्र महोत्सवमा बिद्यालय पोसाक सहित तित्री बेच्न पुगेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...