News Portal

रेडियो सुन्नुहोस्

निशुल्क स्वास्थ्य शिविर आज बुधबार सम्पन्न, झन्डै १३ हजार जनाले लिए सेवा

बिबश जि.एम१० फागुन २०७९
७६७ पटक
१० फागुन २०७९

लुम्बिनी सिटी अस्पताल एण्ड मेडिकल साइन्स प्रा.लि बुटवल तथा स्वर्गद्धारी लाइफ केयर पोलिक्लिनिक प्रा.लि बाग्दुला प्यूठानको सहकार्यमा भएको निशुल्क स्वास्थ्य शिविर आज बुधबार सम्पन्न भएको छ ।

शिविर सञ्चालन गत फागुन ४ गते देखी सुरु भएको थियो ।

स्वर्गद्धारी प्यूठान पाचौं महोत्सव २०७९ को अवसर पारी लुकेर रहेका रोगहरुको पहिचान गर्ने र त्यसलाई न्यूनिकरण गर्ने उदेश्यले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको लुम्बिनी सिटी अस्पताल एण्ड मेडिकल साइन्स प्रा.लि का सञ्चालक बसन्त जि.सी ले बताए ।

शिविरमा सबैभन्दा धेरै महिलाले सेवा लिएको सञ्चालक जि.सि ले जानकारी दिए ।

महिला रोग सेवा सम्बन्धि तीन हजार, हाडजोर्नी तथा नसा रोग तीन हजार दुई सय, नाक कान घाटी रोग सम्बन्धि पाँच सय रहेका छन् ।

त्यस्तै जनरल फिजिसियनमा दुइ हजार आठ सय, साइकेट्रिक वा मानसिक रोग एक सय, जनरल सर्जरी ६ सय र भिडियो एक्सरे दुई हजार पाँच सय गरि १२ हजार ९ सयले सेवा लिएको थियो ।

निशुल्क सेवा शिविरमा झण्डै ५० लाखाको औषधी वितरण गरिएको सञ्चालक जि.सीको भनाई छ ।

धेरैजसो क्यान्सर, बुढाबुढिलाई हाडजोर्नी तथा नसा सम्बन्धि रोगको बढि समस्या देखिएको उनको भनाई छ । गाउँका प्राय मानिसहरुले स्वास्थ्यको चेकजाँच नगर्दा रोग पालेर बढि समस्या देखियो अस्पताल सञ्चालक जि.सी ले भने, ।

यसो हुन नदिनको लागि बेलैमा रोग के हो, र किन लाग्छ भन्ने बारेमा जानकारी हुनुपर्ने भन्दै सेवा लिन आएका रोगिहरुलाई रोग पालेर नवस्न सुझाव दिए ।

निशुल्क शिविर सञ्चालन गरिएका मध्य केही ठूला घाटक रोगहरु जस्तै क्यान्सर, महिलाहरुको पाठेघरमा समस्या लगायतका रोगहरुको सिटि स्क्यान गर्नुपर्ने भएकाले विरामीले समयको अनुकुल मिलाएर लुम्बिनी सिटी अस्पताल जान समेत जानकारी गराएको छ ।

उपचारमा भने १५ प्रतिशत छुट रहेको अस्पताल सञ्चालक बसन्त जि.सीले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...