News Portal

रेडियो सुन्नुहोस्

जिल्लाका एक सय ९ जना कृषकले माटो परिक्षण गराए

बिबश जि.एम१४ फागुन २०७९
५७५ पटक
१४ फागुन २०७९

जिल्लाका एक सय ९ जना कृषकले माटो परिक्षण गराएका छन् ।
ज्लिलामा स्वर्गद्धारी प्यूठान पाचौं महोत्सव २०७९ को सञ्चालन पश्चात एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्यूठानले किसानहरुका लागि गत फागुन १० र ११ गते निशुल्क रुपमा माटो शिविर गराउन आग्रह गरेको थियो ।
केही किसानले माटोको रिपोर्ट लगिसकेको र केही कृषकको लागि भने आआफ्नो सम्बन्धित पालिकाबाट लिन सकिने बताएका छन् ।
सोही समयको अवसरमा जिल्लाका किसानहरुले माटो परिक्षण गराएका छन् ।
जिल्लाको नौबहिनी गाउँपालिका, प्यूठान नगरपालिका, माण्डवी गाउँपालिका र झिमरुक गाउँपालिकाका कृषकहरु सहभागि भएको कृषि अर्थविज्ञ उमेश चन्द श्रेष्ठले जानकारी दिए ।
सहभागिहरुले माटो परिक्षण गराए अनुसार प्राय पालिकाको माटो राम्रो भए पनि माण्डवी गाउँपालिकाको माटोको अवस्था भने विग्रिएको पाइएको कृषि अर्थबिज्ञ श्रेष्ठले बताए ।
माटो सुधारको लागि माटो तथा मल प्रयोग परिक्षण प्रयोगशाला खजुराबाट आएका प्राविधिक टोलिहरुले माटोको सुधार हुनुपर्ने आवश्यकता रहेको जानकारी गराएका छन् ।
माटाको शिविरको लागि उपलब्ध डाटा अनुसार पुरुस्कृतको लागि कृषकलाई समारोहका कार्यक्रम मार्फत प्रदान गरिने उनले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...