News Portal

रेडियो सुन्नुहोस्

हाम्रो नजरः महोत्सवको सर्वाधिक आकर्षण माटो परिक्षण र घरेलु उत्पादन

झुलेनी नेटवर्क२०७९ फागुन १६
१०८३ पटक
२०७९ फागुन १६

स्वर्गद्वारी प्यूठान पाँचौ महोत्सव २०७९ मा जिल्लाका एक सय ९ जना कृषकले माटो परिक्षण गराएका छन् ।

महोत्सवका विभिन्न आकर्षणहरु मध्ये लक्षित वर्ग कृषकले सवैभन्दा लाभ प्राप्त गर्ने स्टल माटो परिक्षण स्टल राखिएको थियो । एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्यूठानले किसानहरुका लागि गत फागुन १० र ११ गते निशुल्क रुपमा माटो शिविर गराउन आग्रह गरेको थियो । माटोको उत्पादकत्व, अवस्था, समस्या, संभावित वालि आदिवारे कृषकले माटो परिक्षण गराएर खेति गरे संभावित जोखिमवाट वँच्न सकिन्छ । तर, जिल्लाका धेरै कृषकले अहिलेपनि माटो परिक्षण विनै परम्परागत कृषी वालि गर्दै आएका छन् ।

कृषि विज्ञ उमेश चन्द श्रेष्ठका अनुसार माटोको अवस्था वमोजिमको कृषि खेति गर्न र उत्पादकत्व ह्रास हुन नदिन कृषकले समय समयमा माटो परिक्षण गराउनुपर्ने हुन्छ । यस्तै जिल्लाका ग्रामीण क्षेत्रमा लघु तथा घरेलु उद्यमीहरुले उत्पादन गरेको सामग्रि सहितका स्टलहरु पनि आकर्षका रुपमा रहेका थिए । आफूले उत्पादन गरेका बस्तु र सामग्रि धेरैजना उपस्थित हुने मेलामा प्रदर्शन गर्न पाउँदा उनिहरुले खुसी ब्यक्त गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...