News Portal

रेडियो सुन्नुहोस्

हाम्रो नजरः महोत्सवको सर्वाधिक आकर्षण माटो परिक्षण र घरेलु उत्पादन

झुलेनी नेटवर्क२०७९ फागुन १६
१०९२ पटक
२०७९ फागुन १६

स्वर्गद्वारी प्यूठान पाँचौ महोत्सव २०७९ मा जिल्लाका एक सय ९ जना कृषकले माटो परिक्षण गराएका छन् ।

महोत्सवका विभिन्न आकर्षणहरु मध्ये लक्षित वर्ग कृषकले सवैभन्दा लाभ प्राप्त गर्ने स्टल माटो परिक्षण स्टल राखिएको थियो । एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्यूठानले किसानहरुका लागि गत फागुन १० र ११ गते निशुल्क रुपमा माटो शिविर गराउन आग्रह गरेको थियो । माटोको उत्पादकत्व, अवस्था, समस्या, संभावित वालि आदिवारे कृषकले माटो परिक्षण गराएर खेति गरे संभावित जोखिमवाट वँच्न सकिन्छ । तर, जिल्लाका धेरै कृषकले अहिलेपनि माटो परिक्षण विनै परम्परागत कृषी वालि गर्दै आएका छन् ।

कृषि विज्ञ उमेश चन्द श्रेष्ठका अनुसार माटोको अवस्था वमोजिमको कृषि खेति गर्न र उत्पादकत्व ह्रास हुन नदिन कृषकले समय समयमा माटो परिक्षण गराउनुपर्ने हुन्छ । यस्तै जिल्लाका ग्रामीण क्षेत्रमा लघु तथा घरेलु उद्यमीहरुले उत्पादन गरेको सामग्रि सहितका स्टलहरु पनि आकर्षका रुपमा रहेका थिए । आफूले उत्पादन गरेका बस्तु र सामग्रि धेरैजना उपस्थित हुने मेलामा प्रदर्शन गर्न पाउँदा उनिहरुले खुसी ब्यक्त गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...