News Portal

रेडियो सुन्नुहोस्

सम्पादकीयः मुलको पानी बचाऔ (२०७९ फागुन १६)

झुलेनी पोष्ट सम्पादकिय२०७९ फागुन १६
१७९९ पटक
२०७९ फागुन १६

गाउँघरका कुना कन्दराबाट रसाएर निस्किएका मूलको पानी सफा र मीठो हुनुको विशेषता सबैले बुझेका छौ । पछिल्ला दिनहरुमा मुलको पानी सुक्दै गएको छ । पानीको विकल्पको रुपमा खोला किनारबाट पानी तानेर पूर्ती भइरहेको छ । अझै पनि गाउँघरमा मुहानमै वा मुहानबाट बोकेर ल्याएको पानी खाएर तिर्खा मेटाउने पुस्ता छन् । राति घरका गाग्री र करुवा रित्तो राख्नु हुँदैन भनेर साँझ परेपछि पँधेरा मुलमा गएर गाग्रीभरि पानी ल्याउने र रात बितेपछि बासी चल्दैन भनेर बेलुकी भरेको पानी सबै घोप्ट्याएर झिसमिसेमा फेरि भर्न जाने पहाडी ग्रामीण परम्परा अहिले कथाजस्तै भएको छ ।

केहि वर्ष पहिलेसम्म ग्रामीण भेगहरूमा मानिसहरूसँग धेरै विकल्प थिएनन । सबैले मुलको पानी उपभोग गर्दथे । जहाँ पानीको दुःख हुन्थ्यो, त्यहाँ जीवन चलाउन वैज्ञानिक जुक्ति लगाइन्थे । मुल संरक्षको लागि बिरुवाहरु लगाउने चलन थियो । मुल जोगाउन धेरै उपायहरु स्थानीयले गरेका हुन्थे । पानीबिना दैनिकी चल्ने कुरा भएन । करेसाबारीदेखि अन्न बालीको खेतीपाती सम्मका लागि सिँचाइ आवश्यक भएकाले पानीको जोहो र मुहान संरक्षणमा गाउँलेको गहन भूमिका हुन्थ्यो ।

ठाउँ-ठाउँमा आकासे पानी संकलनका लागि पोखरी, कुलेसा खनिन्थे । पोखरीले भूमिगत जलको पुनर्भरणमा खेल्ने भूमिकालाई बूढापाकाले बुझेका थिए । पछिल्ल दिनहरुमा गाउँघरमा अर्बौंका खानेपानी परियोजनाहरू पुगेका छन् । मुहान सुके पनि लिफ्टीङले खोलाको पानी घर-घरमा ल्याइदिन्छ । लिफ्ट सम्भव नभएका ठाउँमा बोरिङले पानी ल्याइदिन्छ । त्यो पनि सम्भव नभए टाढादेखिका मुहानहरूबाट पानी संकलन गरेर तिर्खा मेटाइन्छ । सहरी क्षेत्रमा ट्यांकर, जार वा बोतलको पानीको विकल्प पनि छ । तर, यी सबै दिगो विकल्प होइनन् । जमिनमा भएको पानीको पनि आफ्नै चक्र हुन्छ । एउटा मुहानबाट बगेको पानी जमिनमुनि छिरेर कहीँकतैबाट अर्को मुहानका रूपमा निस्किन्छ र त्यसले अर्को बस्तीका लागि स्रोतको काम गर्छ । तर, हामीले मुहानै थुनेर पाइपका माध्यमबाट घरघरै धारा लैजान थाल्यौं । यो प्रवृत्तिले सुक्दै गएका मुहान सुकाउन झनै सहयोग पुर्‍याएको छ । सडक निर्माण गर्दा गाउँमा रहेका पुराना मुलहरु नोक्सान भएका छन् । मुलको पानी जोगाउन सबै लागौ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...