News Portal

रेडियो सुन्नुहोस्

महिलाहरु चुलोचौकोमा मात्र सिमित हुने होइन् : अध्यक्ष एमसी

बासुदेव गिरी२०७९फागुन२४
१०३४ पटक
२०७९फागुन२४

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले महिला दिदिबहिनी चुलो चौकोमा मात्र सिमित नभएर समाज रुपान्तरणको अभियानमा अगाडि बढ्नुपर्ने बताएका छन् ।
बुधबार झिमरुक गाउँपालिकाले आयोजना गरेको ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा पालिका स्तरीय लोकगित तथा नृत्य प्रतियोगितामा शुभकामना मन्तव्य ब्यक्त गर्दै अध्यक्ष एमसीले आधा आकाश ढाकेका महिलाहरु हरेक काममा सक्षम भएकोले ढुक्क भएर अगाडि बढ्नुपर्ने बताएका हुन् । महिला पुरुष एकता बिना समाज रुपान्तरण हुन नसक्ने भन्दै सबै मिलेर राष्ट्र निर्माणमा लाग्नुपर्नेमा जोड दिए । उनले भने “हरेक क्षेत्रमा महिलाहरूलाई अर्थपूर्ण सहभागिता गराएर लैजानुपर्ने हुन्छ ।”
त्यस्तै गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले मुलुकमा महिलाहरुको अधिकार प्राप्त भएकोले महिलाहरु स्वतःस्फूर्त रुपमा अगाडि बढ्नुपर्ने बताएका छन । उनले भने “अधिकार मात्र खोजेर हुदैन अधिकार प्राप्तीका लागि आफै लड्नुपर्दछ ।” महिलाहरू प्रबिधिसँग जोडिएर अधिकार र पहुँच स्थापित गर्नुपर्ने बेला भएकोले यस तर्फ सबै महिलाहरु लाग्नुपर्ने बताएका छन् ।

महिलाको बिषयमा संविधानले विभिन्न अधिकारको ब्यवस्था गरेपनी कार्यान्वयन पक्षमा केही कठिनाई रहेकोले सबै सरकारवाला निकाय जिम्मेवार भएर अधिकार स्थापित गर्न लाग्नुपर्ने कार्यपालिका सदस्य संगीता परियारले बताईन् । पालिकाले महिलाका बिषयमा बनाएका योजना तथा कार्यक्रमहरुको जिम्मा महिलाहरूलाईनै कार्यान्वयनमा लैजान दिनुपर्ने उनको भनाइ थियो ।

यसैबिच गाउँपालिकाले आयोजना गरेको लोकगित तथा नृत्य प्रतियोगितामा पालिकाभरबाट २४ टिम सहभागिता रहेको आयोजकले जनाएको छ । लोकगित तथा नृत्य प्रतियोगितामा लैङ्गकि समानता महिला हिंसा न्यूनीकरणमा सहयोग पुग्ने गरि स्वर, लय, भाका भेषभुषा पोशाक नृत्य बाद्यवाधन लाई मुख्य आधार मानेर मुल्याङ्कन गरिएको आयोजकले जनाएको छ । दिवस कार्यक्रममा अहिले लोक गीत तथा नृत्य प्रतियोगिता भईरहेको छ ।

एक टिममा कम्तिमा १० जनाले समुहमा सहभागिता जनाएका थिए । कार्यक्रममा प्रथम द्धितिय तृतीय हुने सहभागीहरुलाई क्रमश १४ हजार १२ हजार १० हजार र सान्त्वना हुनेलालाई ८ हजार नगद र प्रमाण पत्र प्रदान गरिने यामलाल पोख्रेलले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...