News Portal

रेडियो सुन्नुहोस्

राष्ट्रिय जनमोर्चाद्धारा प्यूठानमा संघियता विरुद्ध प्रदर्शन

बिबश जि एम २०७९ चैत्र १३ प्यूठान
८१४ पटक
२०७९ चैत्र १३ प्यूठान

राष्ट्रिय जनमोर्चाले संघियताको विरुद्ध प्यूठानमा विरोध ¥याली र विरोध सभा गरेको छ । गत विहिबार देखी जारी एकहप्ते देश व्यापी विरोध प्रदर्शन कार्यक्रम अन्तरगत राष्ट्रिय जनमोर्चा जिल्ला समिति प्यूठानले जिल्लामा संघियता विरुद्ध विरोध प्रदर्शन गरेको हो ।
प्रदेश सरकार खारेज गर्नुपर्ने बिषयलाई मुख्य एजेन्डा बनाएर पार्टीले विरोध ¥याली गरेको राष्ट्रिय जनमोर्चा प्यूठानका पार्टी प्रवक्ता ज्ञामुराम न्यौपानेले जानकारी दिए । जुम्रिबाट बिजुवारको मित्रमणि चोकमा पुगेको ¥याली विरोध सभामा परिणत भएको थियो ।
विरोध सभामा बोल्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा प्यूठान जिल्ला पार्टी अध्यक्ष कृष्ण खड्काले प्रदेश सरकार खारेज गरेमा मात्र त्यहा आउने बजेटले स्थानीय सरकारमा विकास हुने बताए । उनले भने– “देशमा भएको तीन तहको सरकारलाई घटाएर दुई तहको मात्र सरकार बनाउन हामीले सरकार समक्ष आग्रह छौ ।”
जनताले सोचे अनुरुपको विकास नगर्दा उनिहरुको अधिकार हनन गरेको समेत उनले आरोप लगाए ।
प्रदर्शनमा सहभागिले प्रदेश सरकार खारेज गर, बढ्दो महंगी नियन्त्रण गर, चर्काे मुल्यबृद्धि नियन्त्रण गर, लगायतका नाराहरु लगाएका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...