News Portal

रेडियो सुन्नुहोस्

रोल्पामा पनि कृषिमा स्नातक पढाइ हुने

महेश न्याैपाने, राेल्पाअसाेज २‍०
१३९९ पटक
असाेज २‍०

रोल्पा नगरपालिकाको माडीचौरमा सञ्चालन गरिने सो क्याम्पस सञ्चालनका लागि केही वर्ष सम्भाव्यता अध्ययन गरिएको थियो । उच्च तहको कृषि प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्य सहित स्थापना हुन लागको क्याम्पसबाट दुर्गम जिल्लाका विद्यार्थी कृषि शिक्षाबाट लाभान्वित हुने अपेक्षा गरिएको छ ।

क्याम्पस सञ्चालनका लागि सबै तयारी पुरा भइसकेको रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले जानकारी दिए । अबको केही दिनमा क्याम्पस सञ्चालन हुन्छ, प्रमुख केसीले भने । नगरपालिकालाई शैक्षिक हब वनाउने आफ्नो सपना पुरा हुन लागेको नगर केसीले प्रतिकृया दिए ।

प्रदेश ५ मा त्रिभुवन विश्व विद्यालयको आंगिक क्याम्पसको रुपमा भैरहवाको पक्लीहवामा कृषि क्याम्पस सञ्चालन हुँदै आएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयवाट सञ्चालन गरिने यस क्याम्पस संगै प्रदेश ५ मा कृषि स्नातक क्याम्पसको संख्या २ हुने भएको हो । रोल्पामा सञ्चालन गरिने क्याम्पसले दक्ष कृषि प्राविधिक जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने जिल्लावासीले आशा व्यक्त गरेका छन ।

शैक्षिक क्षेत्रमा पछाडी पारिएको जिल्लामा सञ्चालनगरिने कृषि क्याम्पसले यस क्षेत्रको शैक्षिक सुधारमा अग्रणी भूमिका खेल्ने सरोकारवालाहरुले अपेक्षा गरेका छन ।

कृषि क्षेत्रको दक्ष प्राविधिक जनशक्ति उत्पादनले जिल्लाको विकासमा समेत टेवा पुग्ने आशा गरिएको छ । क्याम्पस सञ्चालनगरिने स्थान पूर्व सभामुख ओनसरी घर्ती मगर र संघीय सरकारका उर्जा जलश्रोत तथा सिचाई मन्त्री वर्षमान पुन मगरको गृहगाउँ हो । यस अघि पूर्वी रोल्पाको घोडागाउँमा सो क्याम्पस स्थापना हुने चर्चा चलेपनि माडीचौरमा स्थापना गरिएको बताइएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...