News Portal

रेडियो सुन्नुहोस्

माण्डवीका हरेक वडामा चल्ने घुम्ति शिविर आजवाट सुरु

झुलेनी नेटवर्क२०७९ चैत्र १८, चकचके
८५१ पटक
२०७९ चैत्र १८, चकचके

माण्डवी गाउँपालिकाले आजदेखी ५ दिने घुम्ति शिविर सञ्चालन गरेको छ ।

गाउँपालिकावाट प्रवाह हुने सवै सेवाहरु जनताको घरदैलोमा पुर्याउन एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीले वताए।

आजबाट वडा नं १ देखि सुरु भएको शिविर विहिवारसम्म क्रमसः ५ वटै वडामा पुग्नेछ ।

शिविर अवधिमा सामाजिक सुरक्षा, स्वास्थ्य, पशु तथा कृषि सेवासम्वन्धी पालिकाका विविध सेवाहरु वडावाट उपलव्ध हुनेछन्।

कार्यक्रमको उदघाटन गर्दै पालिका अध्यक्ष अधिकारीले गाउँपालिकाले जनतालाई सहज र प्रभाबकारी सेबा दिनका लागि सधै तत्पर रहेको वताए ।

उनले भने, “जनताको साथमा सधैं स्थानीय सरकार छ । जनताको लागि घरदैलोमा सेवा सुविधा पुर्याउने उदेश्यले पालिकाले हरेक सेबा सहितको घुम्ती शिबिर सञ्चालन गरेको छ ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकिले शिविर संचालनले जनताको धेरै सेबा सहज ढंगले लिनेमा आफू बिश्वस्त रहेको बताए ।

स्वास्थ्य, पशु, कृषि, जेष्ठ नागरिक, अपांग परिचयपत्र, ब्यक्तिगत घटना दर्ता तथा ब्यवसाय दर्ता लगायत सेवाहरु गाउँपालिकाले शिविरबाट उपलजव्ध हुने माण्डवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले वताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...