News Portal

रेडियो सुन्नुहोस्

माण्डवीका हरेक वडामा चल्ने घुम्ति शिविर आजवाट सुरु

झुलेनी नेटवर्क२०७९ चैत्र १८, चकचके
६७१ पटक
२०७९ चैत्र १८, चकचके

माण्डवी गाउँपालिकाले आजदेखी ५ दिने घुम्ति शिविर सञ्चालन गरेको छ ।

गाउँपालिकावाट प्रवाह हुने सवै सेवाहरु जनताको घरदैलोमा पुर्याउन एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीले वताए।

आजबाट वडा नं १ देखि सुरु भएको शिविर विहिवारसम्म क्रमसः ५ वटै वडामा पुग्नेछ ।

शिविर अवधिमा सामाजिक सुरक्षा, स्वास्थ्य, पशु तथा कृषि सेवासम्वन्धी पालिकाका विविध सेवाहरु वडावाट उपलव्ध हुनेछन्।

कार्यक्रमको उदघाटन गर्दै पालिका अध्यक्ष अधिकारीले गाउँपालिकाले जनतालाई सहज र प्रभाबकारी सेबा दिनका लागि सधै तत्पर रहेको वताए ।

उनले भने, “जनताको साथमा सधैं स्थानीय सरकार छ । जनताको लागि घरदैलोमा सेवा सुविधा पुर्याउने उदेश्यले पालिकाले हरेक सेबा सहितको घुम्ती शिबिर सञ्चालन गरेको छ ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकिले शिविर संचालनले जनताको धेरै सेबा सहज ढंगले लिनेमा आफू बिश्वस्त रहेको बताए ।

स्वास्थ्य, पशु, कृषि, जेष्ठ नागरिक, अपांग परिचयपत्र, ब्यक्तिगत घटना दर्ता तथा ब्यवसाय दर्ता लगायत सेवाहरु गाउँपालिकाले शिविरबाट उपलजव्ध हुने माण्डवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले वताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...