News Portal

रेडियो सुन्नुहोस्

नौबहिनी गाउँपालिकामा टोलविकास समिति गठन सुरु

बिबश जि.एम२०८० बैशाख १५
८१३ पटक
२०८० बैशाख १५

नौबहिनी गाउँपालिकामा टोलविकास समिति गठन सुरु भएको छ ।

बिहिबार हिजो नौबहिनी गाउँपालिका ५ डामृमा ९ वटा टोल समिति गठन गरिएको छ ।

गाउँपालिकाको टोेल बिकास समितिको कार्यविधि अनुसार सो समिती गठन गरिएको ५ नं वडा अध्यक्ष दलराज पुन मगरले जानकारी दिए ।

जनप्रतिनिधिले मात्र वडाको परिवर्तन गर्न समय लाग्ने र सबै क्षेत्रलाई हेर्न नसक्ने भएकाले अब टोल बिकास समिति गठनले वडालाई विकास निर्माणमा सहयोग पुग्ने अध्यक्ष पुनले बताए ।

त्यस्तै सामाजिक, सास्कृतिक, कुरिती तथा बेइथितिहरुलाई सुधारमा ल्याउनको लागि पनि यसले सहयोग पुग्ने नौबहिनी गाउँपालिका अध्यक्ष डिल बहादुर थापा मगरले जानकारी दिए ।

नौबहिनी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शिबराज पौडेलले यो समितिले समाजको विकास निर्माण, विकास निर्माणमा जनसहभागिता बढ्ने लगायतका उदेश्य सहित समिति गठन गरिएको बताए ।

वडा अध्यक्ष दलराज पुन मगरको अध्यक्षतामा सुरु भएको कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेल, गाउँपालिका अध्यक्ष डिल बहादुर थापा मगर, वडाका स्थानीय लगायतको उपस्थित रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...